वैदेशिक रोजगारको सिलसिलामा इराक पुगेकी रमिला तामाङ इसाई धर्मोलम्बी हुन् । बुद्ध धर्मलाई छोडेर इसाई बनेकी तामाङ इराकमा पुगेर पनि नेपाली मण्डलीको सक्रिया सदस्य हुन् । काठमाडौं सुन्दरीजाल निवासी तामाङसँग हाम्रो इराक प्रतिनिधि सुनिता दोङ तामाङले इसाई बन्नुको कारण, नजिकै आइरहेको ख्रीष्टमासको तयारी र विभिन्न विषयमा संक्षिप्त कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ तामाङसँगको संक्षिप्त कुराकानी ।
तपाईं ईसाइ कहिले देखि बन्नु भयो ? किन बन्नु भयो?
मैले सन् २०१३ मा येशुमा विस्वास गरेकी हुँ । म इसाई हुनुको खास कारण परमेश्वरको पुत्र येशू मसिहमा मात्र पाप क्षमा छ र उहाँले मात्र मलाई उद्दार र मुक्ति दिन सक्नुहुन्छ ।
परदेशमा सेवाकाइ गरदै हुनुहुन्छ ? कतिको गार्हाे छ ? समय कसरी मिलाईरहनु भएको छ ?
हो एउटा सानो जिम्मेवारीमा छु, हुन त परदेशमा सेवाकाइ गर्न धेरै गाह्रो हुन्छ । किनभने यहाँ विभिन्न चर्चबाट ( सम्प्रदाय ) बाट सेवाकाइ गर्न आउनु भएको हुन्छ । र सेवाकाइको समय छुट्याउन पनि गाह्रो नै अवस्था छ । आफुले भनेको बेलामा छुट्टि मिल्दैन । फेरि पनि मुस्किलले निकालेको खाली समयलाई पनि सेवाकाइमा भरपुर लागि पर्छु ।
परदेशमा पनि खुल्लाम खुल्ला नेपाली संगति गर्न मिल्छ ?
हैन परदेशमा खुलमखुला नेपाली संगति गर्न मिल्दैन । प्रायः जसो मुश्लिम देशहरुमा यहाँ हामीले यहाँ स्थानीय मण्डलीसँग सहकार्य गरेर जानुपर्छ ।
तपाईंको मणडलिमा कति जना विस्वासि छन् ?
नेपालको मण्डलीमा लगभग ९० जना भन्दा माथि नै छौ ।
क्यारोल भनेको के हो ?
क्यारोल भनेको ख्रीष्टमस भन्दा एक हप्ता अगाडिबाटै ख्रीष्टको जन्मको शन्देस लिएर प्रायःजसो विस्वासी र अन्य मानिसको (उहाँहरुको इच्छा भएमा ) घरमा ख्रीष्ट जन्मोउत्सवको भजन गाउँदै र प्रार्थना गर्दै र मुक्तिको प्रचार गर्दै हिड्ने समयलाई नै विशेषगरी क्यारोल भनिन्छ ।
ख्रिष्टमस के हो ?
ख्रीष्टमस भनेको येशू मसिह यो संसारमा सम्पुर्ण मानिस जातिलाई उद्धार र मुक्ति दिनलाई मानिस भइ जन्मनु भएको दिन हो । यसलाई नै हामी ख्रिष्टमसको रुपमा मनाउँछौं ।
तपाईंको मण्डललिमा ख्रिष्टमसको तयारी कस्तो छ ?
मेरो मण्डलीमा ख्रीष्टमसको राम्रो तयारी भइरहेको, विशेषगरी सुसमाचार प्रचार अनि चर्चको सजावट गरिरहेका छौं ।
डिसेम्बर २५ तारिख नै किन ख्रिष्टमस मनाएको हो ?
खासगरी बाइबलमा ख्रीष्टको जन्मको बारेमा मिती चाहिं तोकिएको छैन । तर बाइबलविदहरुले डिसेम्बर २५ लाई नै ख्रिष्टको जन्म दिनको तय गरेका हुन् । किनभने त्यो बेला जाडो याम थियो । त्यतिमात्र होइन हामी मानिसले त हाम्रो जन्मदिन मनाउँछौं तर उहाँ त हाम्रो मुक्तिदाता । यसैले हामीले डिसेम्बर २५ मा नै ख्रिष्टमस मनाउँदै आएका हौं ।
अन्तमा के भन्न चाहनुहुन्छ ?
अन्तमा म यो भन्न चाहन्छु कि ख्रीष्ट नै परमेश्वर हुनुहुन्छ, र उहाँले मात्रै तपाईं र मेरो पाप क्षमा गर्न सक्नुहुन्छ । यसैले ख्रीष्टमा हामी बाँचौं र अरुलाई पनि ख्रिष्टमा बचाऔं । धन्यवाद ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।