तेमालअनलाइन संवाददाता,

दक्षिण कोरिया । DSME तामाङ समाज गजेदो दक्षिण कोरियाको तेश्रो अधिवेशन २१ डिसेम्बर दक्षिण कोरियाको गजेदोमा हुने भएको छ ।

‘भाषा, धर्म, कला, संस्कृति हाम्रो शान, सम्पूर्ण तामाङहरूको एकता हाम्रो अभियान’ भन्ने मर्मका साथ स्थापना भएको यसै अनुरुप विभिन्न कार्य गर्दै आईरहेको   समाजका अध्यक्ष करण डिम्दुङले जानकारी दिनुभयो ।

साथै उहाँले विभिन्न पेशा र क्षेत्रमा आबद्ध सम्पूर्ण तामाङ दाजुभाई, दिदीबहिनी, व्यावसायी, बुद्धिजीवी, पत्रकार, विद्यार्थी, संघ–संस्थाका प्रतिनिधि लगायत शुभचिन्तकहरुलाई अधिवेशनमा सहभागी हुन आग्रह समेत गर्नुभएको छ ।

आफ्नो भाषा, साहित्य, भेषभुषा, लिपी, संस्कार र संस्कृतीको संरक्षण र सम्वर्द्धनमा संस्थाले देश तथा विदेशमा नै रहेर पनि आफ्नो जिम्मेवारी पुरा गर्दैआएको यो संस्था सन् २०१५ मा स्थापना भएको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।