काठमाडौं । तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार नजिकिँदै गर्दा राष्ट्रिय तामाङ घेदुङ र नेपाल तामाङ घेदुङ बिच विवाद हुने संकेत बढेको छ।
शनिबार इजरायलमा रहेको दुई संस्था नेपाल राष्ट्रिय तामाङ घेदुङ र नेपाल तामाङ घेदुङ एक भन्ने हल्ला संगैको विवाद चरम चुलिमा पुगेको हो।
तामाङ राष्ट्रिय घेदुङ इजरायलका संरक्षक विक्रम मोक्तान ,अनुराज मोक्तान र अमृत लामाको ब्यक्तिगत स्वार्थले सिंगो राष्ट्रिय तामाङ घेदुङ इजरायललाई एकता भयो भन्नू यो भ्रमित र निराधार हुन् भनेर इजरायलकी राष्ट्रिय घेदुङका अध्यक्ष विमला तामाङले जानकारी दिएकी छिन् ।
अध्यक्षले भने एकता प्रक्रिया केन्द्रीय रुपमा नै हुन जसरी छ हामीलाई केन्द्रीय कार्यलयबाट कुनै निर्देशन आएको छैन ।
यो एकता नभई व्यक्तिगत रुपमा मिलेको बताएका छन् । हामी सिंगो तामाङ समुदायको हितका लागि एक ढिक्का हुन जरुरी छ,यदि परिस्थिति त्यो खालको वातावरण निर्माण हुन्छ, भने हामी केन्द्रीय रुपमा नै छलफल बहस गरेर टुंक्याउन सकिन्छ ,एकता हुन सकिन्छ ।
तर संस्थाको निर्देशन बिना एकता भयो भन्नू यो हास्यास्पदको संज्ञा दिदै संस्थाको नियम ,नीति विपरीत कुनै पनि व्यक्ति यदि अगाडि बढ्छ भने यो अमान्य हो संस्थाको नियमअनुसारले जोकोहीलाई नै कार्वाही हुन सक्ने चेतावनी समेत राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय महासचिव प्रविन कुमार वलले जानकारी दिएका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।