सुनिता दोङ तामाङ
इराक । वैदेशिक रोजगारका लागि इराक कुर्दिस्तानमा रहेका नेपाली इसाई धर्मावलम्बीहरूले धुमधामका साथ ख्रीष्टमस मनाएकाछन् ।
सयौं नेपाली इसाई धर्मावलम्बीहरुले विदेशी भूमिमा रहेता पनि ‘मेरी ख्रीष्टमस’ हर्षोल्लासका साथ मनाएका हुन् ।
शुक्रबार कुर्दिस्तानको सुलेमानी शहरमा नेपाली इसाईहरुद्वारा स्थापना गरेको चर्चमा विशेष कार्यक्रम गरेर मेरी ख्रीष्टमस मनाएको आयोजकले बनाएको छ ।

कार्यक्रममा कुर्दिस्तानमा रहेका इर्बिल शहर र सुलेमानीमा रहेका नेपाली इसाईहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेका थिए । साथै कार्यक्रममा कुर्दिस्तानमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारीहरू र अन्य धर्मावलम्बी नेपालीहरु समेत उपस्थित भएका थिए ।
कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम पनि मण्डली ग्रुपबाट पस्किएको थियो । कार्यक्रम मण्डलीका लिडर सारा तामाङको नेतृत्वमा भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।