सुनिला दोङ तामाङ
साईप्रस / नेपाल तामाङ घेदुङ साईप्रसले २८५६ औं सोनाम ल्होछार मनाउने तयारी गरेको छ । “तामाङ जातिको उत्थान, भाषा, धर्म र सँस्कृतिको सम्बद्र्धन“ भन्ने मुल नाराकासाथ सन् २०१६ को स्थापनाकाल देखि नै सोनाम ल्होछार मनाउदै आएकोमा यो पटक पनि भव्यताका साथ मनाउन लागेको घेदुङ अध्यक्ष साङमो थोकरले जानकारी दिएकी छिन् ।
यसपालीको सोनाम ल्होछार अलि भिन्न र थप उद्देश्य र अभियानका साथ मनाउने तयारी गरेको थोकरले बताईन् । ‘यो पटकको ल्होछार हामीले शिक्षाको लागि गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यलाई केन्द्रमा राखी मनाउन लागेका छौं ।’ उनले भनिन्, ‘शिक्षा नै ज्ञानको पहिलो ज्योति हो’ भन्ने मुल नारा तय गरेर “साईप्रस घेदुङ शैक्षिक कोष“ निर्माण गर्ने अभियानको रुपमा सोनाम ल्होछारलाई विशेष बनाउन लागेका छौं ।’
ल्होछार कार्यक्रमलाई थप उत्सवममय र मनोरञ्जन बनाउन नेपालबाट लोकप्रिय र चर्चित नेपाली पप गायक तथा तामाङ सेलो गायक राजु लामा र तामाङ सेलो गायक तथा मोडल खेम मोक्तान जाने थोकरले बताईन् ।
अध्यक्ष थोकरले कार्यक्रममा साईप्रसमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, संघरसंस्था अनि सो संघरसंस्थामा आबद्ध सम्पुर्ण दाजुभाइ एबं दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि अग्रिम निमन्त्रणा समेत गरेकी छिन् ।
दीर्घकालीन सामाजिक सेवाको काम साइप्रस घेदुङले “साईप्रस घेदुङ शैक्षिक कोष“ को अभियान पनि थालनी गरिरहेको हुँदा सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुले उक्त अभियानमा साथ, सहयोग र सहकार्य गर्न उनले अनुरोध गरेकी छिन् ।
कार्यक्रम फरवारी २ तारिखका दिन ट्रीकिस पार्टी प्यालेस, लिमासोलमा विहान १० बजे देखि हुने आयोजकले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।