सुनिता दोङ तामाङ
इराक । वैदेशिक रोजगारको सिलसिलामा इराक पुगेका नेपालीहरुले नेपाल आईडलका दुई कलाकारहरु सागर आले र बुद्ध लामाको साथमा माघे संक्रान्ति मनाउने भएको छ । नेपाल मगर संघ शाखा कुर्दिस्तान, इराकको आयोजनामा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरी माघे संक्रान्ति मनाउन लागेको हो ।
नेपाल मगर संघ शाखा कुर्दिस्तान, इराकको यो कार्यक्रम पहिलो रहेको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा आले र लामाका साथमा कुर्दिस्तान इराकलाई आफ्नो कर्मभुमि बनाएर बसेका अन्य कलकारहरुको पनि बेजोड प्रस्तुति रहने बताईएको छ । आयोजकले इराकमा रहेका सबै नेपालीहरुलाई सो कार्यक्रममा उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।

Comments

comments