–विनोद जंग राय (क्षेत्री)
नेपालमा माक्र्सवादीहरु धेरै होलान् तर माक्र्स र माक्र्सवादी विचारधारा मान्नेको पहिचान हुन सकेको छैन। नेपालमा माक्र्सवादी भनिनेहरु कहिल्यै माक्र्सवादी भएनन् वा हुनै चाहेनन् ।
वर्ग र वर्गसंघर्षको चर्को भाषण र नारा लगाउनेहरु वा सिद्धान्त रटेर विवेचना गर्नेहरु कहिले माक्र्सवादी थिएनन् र हैनन् पनि । मलाई माक्र्सको समानता र साम्यवादी विचारधाराले माक्र्सवाद वुझ्न मन लाग्यो र माक्र्स जस्तैः समानता र साम्यवादी विरचारधारामा अडिएर विवेचना र व्यबहार गर्ने नयाँ माक्र्स नेपालभित्र धेरै जन्मि सकेका छन । जसको पहिचान हुन सकेको छैन । पहिचान भएपनि समाजले नेपाली माक्र्सहरुको उपेक्षा गरिरहेको छ । ती जन्मिएका अनगिन्ती माक्र्स र माक्र्सवादीहरु तपाई भित्र, म भित्र र हजारौं युवाहरूको ढुकढुकी भित्र, कहि विद्रोही वनेर, कहि वर्गसंघर्षको आवाज वनेर उठ्न सकिरहेको छैन ।
जसले गर्दा तपाई भित्र भएका माक्र्सवादलाई आफैंले उजागर गर्न सकिरहेका छैनन् । मलाई धरै माक्र्सवादी नेताहरुलाई माक्र्सवादको विषयमा बहस र भाषण गरि रहेको देखें, जुन माक्र्सवादी भनिएका नेताहरु सर्वहारा वर्गका प्रतिनिधि थिए, वा आफुले आफैंलाई सर्वहारा वर्गका नेता ठान्थे, जसलाई एक भाषामा भन्नुपर्दा ती सवै माक्र्सवादी विचारधारालाई लिलाम गरेर प्रतिफल प्राप्त गर्ने माक्र्सवादी दलालिहरु थिए । जसले सच्चा माक्र्स विचारधारा अंगालो हालेर जीवन बेतित गर्नेका जीवन र सपनामाथि राजनीतिक आवरणले हजारौं लाखौं माक्र्स माथि शासन गरि माक्र्सवादी विचारलाई नै सम्प्रेषण गरिरहेका थिए ।
मैले हाम्रो समुदायमा धेरै कार्ल माक्स, ऐलगेंस, क्यास्ट्रो, माओ र स्टालिनहरु भेटेको छु । जसले प्रत्येक क्षणमा वर्ग र वर्ग संघर्षको पक्षमा लडेका छन । जसलाई आजको विवेकशील समाजले कार्लमाक्र्स, ऐलगेंस, क्यास्ट्रो , माओ र स्टालिन विचारधाराको मानेन, जसले व्यबहारिक रुपमा वर्गीय असमानता विरुद्ध लडिरहेका छन् ।
तर माक्र्स अनुयायी तिनैलाई मानियो जो चिल्लो कालो सिसा भित्र चिप्लो सडकमा गुड्न सके, ठुला महलमा बस्न सके, मिठो भाषण गर्न सके, कालो धन थुपार्न सके तिनैलाई आज सर्वहारा जनताको नेता, माक्र्सवादी अनुयायीको रुपमा चिनियो । र सर्वहारा प्रतिनिधि भन्दै मंचमा फुलमालाले अभिनन्दन गर्दै भाषण गर्नलगाईयो । खै समानता ?
माक्र्सवादी नेताले सर्वहारालाई भुईमा राखेर आफु स्टेजमा वसेर भाषण गर्नुमै समानता देखिन्छ, साफा कोट र फाटेको जुत्तामा असमानता छ । विचार र व्यबहारमा असमानता छ । कुनै चिल्लो कोट लगाएर माक्र्सवादी विचारक आफुले आफैंलाई माक्र्स ठान्छ भने उसको गल्ती हैन उसको व्यबहारको गल्ती हो ।
नेपालमा हजारौं ,लाखौं माक्र्स, ऐगेंलस र स्टालिनहरु एउटा ईट्टा भट्टामा भारि बोकिरहेका श्रमजीवी श्रमिकका छोराछोरीहरुमा देखिन्छ, खेतमा हलो जोतिरहेको किसानको छोरा जहाँ आलिका डिलवाट चिहाई रहेछन्, भारिबोक्ने भरिया छोराछोरी टुकीको उज्यालोमा रमाई रहेछन ।
हो तिनिहरुमै माक्र्सको विचारहरु दगुरी रहेको देखिन्छ । तर माक्र्सका ठेलि बोकेर पाठ घोक्नेहरु र माक्र्सवादी भन्दै विभिन्न पार्टीको म्याराथनमा भाग लिएर दौडिनेहरुमा माक्र्सवादी अलिकति व्यबहार पनि देखिदैन । माक्र्सवादलाई एउटा दर्शन, विचार र समानताका आधारशिलाको कडिको रुपमा व्याख्या र विवेचना गर्न सक्नु पर्दछ । हामीले वुझे जस्तो न यो माक्र्सवाद कुनै पार्टी हो, न यो पार्टीको एजेन्डा नै हो । यो एउटा विद्रहको सिद्धान्त र दर्शन हो । जसले वर्ग र वर्ग संघर्षको लागि मानवीय व्यबहारलाई परिवर्तन गराउदै नयाँ मार्गमा अघि वढाउन उत्प्रेरित गर्दछ ।
धेरैले लेनिनवादलाई मार्क्सवाद्कै बिकसित र परिस्कृत रुप हो भनि परिभाषित गर्दछन । माक्र्सवादी लेनिनबादी दर्शन सिद्धान्तपछि दुनियाले अबलम्बन गर्नसक्ने सिद्धान्त प्रतिपादन भएका छैनन् । कार्ल मार्क्सको पुस्तक (क्यापिटल) पुँजीले समग्र अर्थब्यबस्था, यसका अबयब, पुँजी, ज्याला र श्रमको असमान वितरण र यसको समाधान जस्ता अति संबेदनशील पाटोलाई राजनीतिक रुपमा जोडेर आफुलाई मार्क्सबादी अर्थशास्त्रीको रुपमा परिचित गरेका छन् ।
मार्क्सले पदार्थ चेतनाभन्दा बाहिरका भौतिकताबादी चिन्तनबाट स्वतन्त्र रुप नै चेतना हो र यहि चेतनाले ब्याप्त द्वन्दात्मक भौतिकबादी चिन्तनको जन्म गराउँदछ । समयले परिबर्तन गर्ने बाताबरणको रुप जस्तै समाज बिकास र शासन हुने गर्दछ भनेका छन् । कुनै दिन मार्क्सले देखेका र देखाएका सपनाहरु आज सार्थक हुँदैछन् । उनले हरेक कुरा परिबर्तनशिल छ आज जो शोषित छ भोलि त्यही शोषितले शोषण गर्नेलाई शासन गर्नेछ भनेका थिए ।
त्यसैले हामीले वुझेकोको र भोगेको माक्र्सवादीहरुले सर्वहारा वर्गको प्रतिनिधित्व गरिसकेका छैनन् । बुर्जुवा वर्गहरु नै माक्र्सवादी अनुयायी बनेर सर्वहारा वर्गमाथि वर्गीय शोषण गरिरहेका छन । जुनदिन माक्र्सले भनेजस्तै सर्वहारा वर्गको शासन व्यवस्था उदयहुन्छ त्यहिदिन बुर्जुवा हरुको अन्त्यको वागडोर खुल्ला हुन्छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























