रक्तिम लामा

जेल भित्रको जेल अर्थात गोलघरको जीवन असाध्यै कस्टपुर्ण रह्यो । झन्डै १ महिना गोलघरको सानो चौघेरामा हामी आस्थाका बन्दिहरु कैद भयौ। माओवादी आस्थाका बन्दिहरुलाई मानसिक रोगिहरु भएको ठाउँमा जबर्जस्त कोच्याएर राख्नु कति अमानवीय हर्कत थियो भन्ने कुरा आज पनि ताजै छ ।
रातभर मानसिक रोगिहरु कराएर निदाउनै नदिने अर्कोतिर त्यस ब्लकभित्र पुरै दुर्गन्ध । चर्पीको हालत देख्दा राज्यसत्ता जति गन्हाएको छ त्यति नै चर्पी फोहोर ।हामिले निकै सरसफाइ गर्यौ। मानसिक रोगिको बन्दिहरुलाइ नियमित औसधि र सरसफाइमा जोड दियौ ।हामिले आन्तरिक रुपमा जेल सुधार समिति निर्माण गर्यौ । त्यसको नेतृत्व आलोपालो सिनियर कमरेडहरुबाट गर्ने निर्णय भयो ।
पहिलो माग नै गोलघरबाट अर्को साधारण कैदी बन्दिहरु भएको ठाउमा सारियोस । तर हाम्रो विनम्र मागलाई फासिस्ट सरकार र तिनका प्रशासनले सुन्ने कुरै भएन । त्यसपछी हामी नाराबाजी र कालोपट्टी बाध्ने आन्दोलनमा पुग्यौ । त्यसले पनि काम गरेन । हाम्रो कुनै सुनुवाइ भएन । अन्ततः आमरण अनसन अथवा भोक हडतालको घोषणा गर्न बाध्य भयौ ।
हामी भोक हडतालमा उतृयौ । भोक हडताल नगर्न सिडिओ, डिएसपी र जेलरहरुको निकै दबाब रह्यो । तर हामिले आन्दोलन रोकेनौ । बरु यो ज्यान लास होस यो नारकिय ठाउबाट मुक्ती चाहिन्छ भन्ने आवाज झन तीखो बन्यो । ४ दिन पछि जेलर भित्र आएर हामिलाइ धमक्यायो ‘प्रशासनको कुरा मान, अकालमा ज्यान जाला फेरि’ तर तिनको कुराको हामिले कुनै जवाफ दिएनौ । शारीरिक रुपमा फिस्टे पिलान्धारे जेलर हेर्दै कुनै जारशाहिको पाल्तु कुकुर जस्तो देखिन्थ्यो । हुन पनि ती प्रतिक्रियावादी सत्ताका कर्मचारी मात्र हुन । तिनले नुनको सोझो गर्ने कुरा साधारण थियो ।
हामिलाई मनपरि भन्दा भन्दै सायद उसको मुख थाक्यो क्यारे! अनि सिपाहीहरुलाइ आदेश जारी गरेर फर्क्यो ‘यिनिहरुलाइ पानी पनि नदिनु अब । यदि खाना खादैन भने पानी दिन बन्द गर अनि ठिकमा आउँछ’ ।
त्यसपछी हामिले घाँटी भिजाउने पानी पनि प्राप्त गरेनौ । तर हाम्रो भोक हडताल निरन्तर रह्यो । भोकले सबैको आन्द्र खुम्ची सकेको थियो। माग पूरा नभए सम्म हडताल रोक्ने कुरा थिएन । त्यो सामान्य हडताल थिएन । त्यसको अन्तर्यमा सर्वहारा क्रान्ती, माक्र्सवाद लेनिनवाद र माओवादी बिचारप्रतिको प्रतिबद्धता थियो ।
भोक हडतालको पाँचौ दिन ७।८ प्रहरीहरु आएर हडताल ब्रेक गर्न कडा निर्देशन दियो । तिनिहरुले जबर्जस्ती बासी भात मुखमा कोच्याउन आए । हामिले तिनिहरुकै मुखमा थुक्यौ । ‘सक्छस भने गोलि हान तर हामीमाथी जेल प्रशासनले गरेको अन्याय र भेदभावपुर्ण कार्यको बिरोध गर्छौ’ भन्ने हाम्रो नारा झन तीब्र बन्यो ।
तिनिहरुले साङ्ला खुट्टा बाधिएका हामी राजबन्दीहरुलाइ सामुहिक कुटपिट गर्यो । हामिले पानी दिनु भनेर चिच्यायौ तर हाम्रो चिच्याहटलाइ सुनेनन । अनसनको छैटौ दिन बिहान हामिलाई खबर आयो ‘माथिबाट’ ‘आन्दोलन रोक्नु माग पूरा गरिदिन्छौ ।’ हामिले पत्याएनौ । छैटौ दिनमा हामी एक अर्कालाइ आखाले हेर्ने बाहेक बोल्न सक्ने स्थिती थिएन ।
बन्दिहरुको कानुनी अधिकारसमेत धोती लगाएर तिनका कानुनी नीति नियम तिनिहरुले नै च्यातिरहेको अनुभुति हुन्थ्यो । त्यस दिन दिनभर अनसन तोड्न फिस्टे जेलरको प्रयत्न रह्यो तर माग पूरा नभएसम्म हामिले इन्कार गर्यौ । सातौ दिनमा हाम्रो माग पूरा गर्न प्रशासन मन्जुर भयो । तिनिहरुले जुस ल्याएर पिलाउने कोसिस गरे । तर हामिले पहिला अर्को ब्लकमा सार्नु पर्ने अडान राख्यौ । अर्को ब्लकमा हामिलाइ बिहानको ११ बजेतिर लगे ।
राजनीतिक कर्मिहरुको जिवनशैली रातारात किन धनाढ्यबर्गमा रुपान्तरण हुदोरहेछ भनेको त कुरो यस्तो पो हुदोरहेछ । पेशा केही छैन राम्रै खाका छन राम्रै लाका छन, छोराछोरीको राम्रै ब्यबस्थापन गरेकैछन, समाजमा नाम चलाएकै छन, गफ जोतेरै हिडेका छन, तर जीवन सुखी छन, कारण त राज्य लुट्ने नै पो रहेछ । यहि पाराले साधारण परिवारका इमान्दार ब्यक्तिहरुले “राजनिती“ गर्न नसक्ने पो देखियो ।
यहाँ बामपंथी र दक्षिणपन्थी या कम्युनिस्ट र गैरकम्युनिस्ट भन्ने पनि देखिएन ।खाने, हसुर्ने र लुट्नेमा खासै मतभिन्नता या असमानता पनि देखिदैन।गोलघरबाट मुक्त भयौ । हाम्रा खुट्टामा बाधिएका नेलहरु फुस्काए । हामिले भोक हडतालका कार्यक्रम समापन गर्यौ । एक हदसम्म प्रशासनलाई झुकाएरै छाड्यौ । एउटा मोर्चा जित्यौ । जेलभित्रको त्यस प्रकारका आन्दोलन आफैमा पेचिलो र जोखिमपूर्ण थियो। किनकी उसकै राजनीतिक कर्मिहरुको जिवनशैली रातारात किन धनाढ्यबर्गमा रुपान्तरण हुदोरहेछ भनेको त कुरो यस्तो पो हुदोरहेछ । पेशा केही छैन, राम्रै खाका छन राम्रै लाका छन छोराछोरीको राम्रै ब्यबस्थापन गरेकैछन समाजमा नाम चलाएकै छन गफ जोतेरै हिडेका छन तर जीवन सुखी छन कारण त राज्य लुट्ने नै पो रहेछ।यहि पाराले साधारण परिवारका इमान्दार ब्यक्तिहरुले “राजनिती“ गर्न नसक्ने पो देखियो ।
यहाँ बामपंथी र ब्लकभित्र या कम्युनिस्ट र गैरकम्युनिस्ट भन्ने पनि देखिएन ।खाने, हसुर्ने र लुट्नेमा खासै मतभिन्नता या असमानता पनि देखिदैन। जन्जिरभित्र तिनकै विरुद्धमा सङ्गठित भएर ब्लकभित्र गर्नु असाधारण थियो। मानसिक रुपमा स्वस्थ कैदी पुग्यौ भलाकुसारी चल्यो । सामुहिक मेष (भान्सा) चलाउने निर्णय पनि गर्यौ हामिले ।गोलघरको छुटकाराको दिन मलाइ कता कता जेलमुक्त भएको हो कि झै लाग्यो। किनकी गोलघरको पाषणमय यातनाको कुनै बयान छैन । हामी बाहिरी दुनियाँबाट पुरै बेखबर थियौ तर हामिले बोकेर हिडेको माओवादी बिचारबाट हरपल प्रशिक्षित थियौ। क्रमशः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।