रक्तिम लामा
प्रदेश कमिटि सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), वागमती प्रदेश
यतिखेर सत्ताधारी हाम्रो नेकपा फुटबारे हल्ला बजारमा सुन्न पाइन्छ । कतिपय सन्दर्भमा पार्टी बिभाजन हँुदा रास्ट्र र जनतालाई बेफाइदा हँुदैन । तर यतिखेरको बिभाजनको कुराले इतिहासमा नसोचेको नोक्सान बाहेक केही हुदैन ।
ब्यक्ति र गुटगत स्वार्थले बिभाजन हुँदा प्रतिक्रियावादी शक्तीलाई फाइदा पुग्न जान्छ । तर कहिलेकाही वैचारिक मत भिन्नता र त्यो भिन्नतालाई कुनैपनी तरिकाले सुल्झाउन सकिएन भने त्यसबेलाको बिभाजनले रास्ट्र र जनतालाई सहि मार्ग निर्देशन दिन पनि सकिन्छ । तर मोटोमा बिभाजनले सफलता भन्दा ज्यादा नोक्सान नै दिदै आएको कुरा कम्युनिस्ट आन्दोलनको बिगत हेर्दा स्पस्ट हुन्छ।
अहिले तत्काल बिभाजन भैहाल्यो भने कुनै बैचारिक मतभेद वा बिचारका आधारमा नभइ केही ब्यक्ति समूह र झुन्डको निश्चित स्वार्थ प्राप्त गर्ने कुत्सित चाहना मात्र पूरा हुनेछ । यदि बिभाजन भइहाल्यो भने लाखौ कार्यकर्ता को साथ र करोडौं जनतको जनमतले धिकार्ने छ । त्यसकारणले हामी कार्यकर्ताको स्तरबाट यस्ता ब्यक्ती केन्द्रित र समूह केन्द्रित स्वार्थ मुताबिक हुन सक्ने बिभाजनको खुलेर भन्डाफोर गर्छौ र गर्नु पनि पर्छ ।
बिभाजनको परिणाम कस्तो होला के होला भन्ने कुरा गुटबन्दीको छत्रछायामा कथित “राजनिति“ गर्नेहरुले सोच्न आवस्यक छ । इतिहासको आवस्यकताले दुई कम्युनिस्ट पार्टीहरु एकता हुनु चानचुने विषय थिएन । एउटा सशस्त्र युद्ध राजनितिको बलबाट जबर्जस्त शान्तिपूर्ण राजनितिमा आएको माओवादी शक्ति र अर्को यहि संसदीय राजनितिबाटै शान्तिपुर्ण प्रतिस्पर्धाको राजनितिबाट कम्युनिस्टले चाहेको ब्यबस्था हासिल गर्न सकिन्छ भन्ने एमाले शक्तीबिचको एकीकरण कुनै बृहत् बैचारिक बहसबाट एकतामा डोरिमा बाधिएको थिएन । तर परम्परागत एकताहरु नाम, काम र लक्ष्य किटान गरेर एकता हुन्थ्यो भने यो माओवादी एमाले एकीकरण बिशिस्ट प्रकारको एकता थियो र हो । बल्ल हामी समाजवादी लक्ष्य प्राप्त गर्न माक्र्सवाद लेनिनवादको बैचारिक आलोकमा लैस भएर अगाडि बढ्ने निर्क्योल गरेको छ । त्यसकारण हाम्रा नेतृत्वले लिएको एकताको बाटोहरु परमपरागत शैलिबाट धेरै माथी उठेर एकताको निम्ति तयार भएको हुनाले यसलाइ यसरी नै ग्रहण गर्ने र आत्मसात गर्न जरुरी छ ।
के पार्टी बिभाजन होला ?
तर हाम्रा बिरोधि शक्तिहरु, प्रतिक्रियावादी शक्ति र पुनरुत्थान शक्तिहरु यो भिमकाय पार्टी र तिनको नेतृत्व बिभाजन भैदिए कति राम्रो हुन्थ्यो भनेर मुख मिठ्याइरहेका छ्न । हाम्रा नेताहरुको कतिपय कार्यशैली र आचरणहरुले पनि एकता होइन बिभाजनको बिनासतिर टेवा पुगेको देखिन्छ नै । एकले अर्कोको अस्तित्व स्वीकार गर्नै नसक्ने, एकले अर्कोलाई खुइल्याउने र बदनाम गर्ने होडबाजी चलेको देख्दा फुटनै लागेको हो कि भन्ने आशाहरु जन्मिनु सर्बथा गलत होइन । अथबा पार्टीका मुख्य मुख्य र प्रभावशाली लिडरहरु कुनै न कुनै गलत कार्यमा फसोस र आफ्नो दुनो सोझ्याउन पाइयोस भनेर षडयन्त्रको तानाबाना बुन्न प्रतिक्रियावादी शक्तिहरु लागेकै छन् ।
कहिले सरकारको कमिकमजोरी देखाएर, कहिले स्वभाव जन्य कमजोरिहरु देखाएर र त कहिले पार्टीभित्रै तलमाथी पारेर खिसिट्युरी गरेर नेकपालाई बिभाजनको चक्रब्युहमा फसाउन चाहन्छन् । तर यो त्यति सजिलो छैन । किनकी अब नेकपा बिभाजन भयो भने मुलुकको सार्वभौमिकता, रास्ट्रिय अखन्डता नै संकटमा फस्ने खतरा प्रबल देखिन्छ । यतिमात्र होइन अहिले प्राप्त संघीयता, धर्म निरपेक्षता, गणतन्त्र नै संकटमा पर्ने जगजाहेर छ । त्यतिमात्र होइन बिभाजनको कुरा पुष्टि नहुदा नेपाली जनता र मुलुकले कम्युनिस्टहरुलाइ कुनै हालतमा माफ पनि दिनेछैनन् र कम्युनिस्ट आन्दोलनले “सेटब्याक“ खानु पर्ने बाहेक अरु बिकल्प देखिदैन।
के हाम्रा गतिविधिहरु र आचरणहरु सहि छन ?
निश्चय पनि वर्तमानमा हाम्रा नेता कार्यकर्ताहरुको गतिविधिहरु माक्र्सवाद सङ्गत छैनन तर यो सिमित समुहमा मात्र हुन । जो ब्यक्ती र पार्टी सदस्यहरु “सत्ता वरिपरि“को अवसरमा छन ती केही प्रतिशत बिग्रेकै छन । पार्टी अनुशासन, विधि र पद्धतिभन्दा बाहिर नै देखिन्छ। तिनिहरुलाइ के लागेको छ भने त्यो अवसर पार्टी र कार्यकर्ताको त्याग बलिदान र पसिनाबाट प्राप्त भएका हुन भन्ने कुरा बिर्सेर स्वच्छाचारी तरिकाले चलेकै छन ।
सरकार र पार्टी बिचको अन्र्तसम्बन्ध नङ र मासुको जस्तो हुनु पर्ने तर त्यसो भैरहेको छैन । कतिपय सरकारका निर्णयहरु पार्टीका जिम्मेवार ब्यक्तिहरुलाई जानकारी नै हुँदैन । अनि कसरी सरकारको सकारात्मक उपलब्धिहरुको पार्टीले पँुजिकृत गर्ने ? अहिलेको समस्या यो पनि हुन । पार्टीको मुल उदेश्य र निर्देशनलाई बिर्सेर सबथोक शक्ति आर्जन मात्र सोच्नु गलत छन । राजनितिक, सामाजिक, आर्थिक र बैचारिक हिसाबले हामी अपारदर्शी र छद्मा भएर पार्टी बिग्रेको कुरा स्वीकार गर्नु पर्छ । जनता र रास्ट्रभन्दा कोहि ठूलो हुन सक्दैन । जनता नै अन्तिम र निर्णायक शक्ति हुन भन्नेकुरा मनन गर्नै पर्छ ।
हामी कति बिग्रीदै गएको छ भन्ने जान्न जनताको घर आँगनमा गएर बुझ्दा सहि होला । अव्यवस्थित जिवनशैली, बिलासी र सुबिधाभोगी अवसरवादी आचरणबाट पार्टी कम्युनिस्ट ट्र्याकबाट हेगमा फस्नु हो ।
अब के गर्ने?
माक्र्सले भन्नू भएको छ, “सन्सारलाइ बुझ्नु र ब्याख्या मात्र गर्नु होइन सन्सारलाई बदल्नु प्रमुख कुरा हुन ।“ त्यसकारण बदल्नु मुख्य कुरा हुन । बुझ्ने र ब्याख्या गर्ने कुरा गौण विषय हुन । अहिले हामिलाई ब्याख्या गर्ने समय होइन । फटाफट काम गरेर लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत गर्ने कुरा प्रमुख हुन ।
समाजवाद भोलि प्राप्त हुन्छ हुदैन तर अहिलेको नेपाली जनता र रास्ट्रको आवस्यकता के हुन त्यसको उचित ब्यबस्थापन सोच्नु मुख्य हुन । अब पार्टीसङ्ग धेरै समय छैन। चुटकिला र उखान सुनाएर वा कथादेखी कथा सुनाएर समाजवाद प्राप्त नहोला । पार्टी भित्र हुर्किएको एकमनावादी शैली कसरी निस्तेज पार्ने, सरकारमा सहभागी केही पात्रहरु भ्रस्टाचार र अनिमियतामा कसरि मुछिए ? तिनको उचित मुल्यांकन आवस्यक छ।
गलत काम पार्टीभित्र भए पनि पार्टी बाहिर भए पनि “संरक्षण“ हुनु हुदैन। यसले पार्टीको मुल उदेश्यमाथी खलल पुर्याउछ भन्नेमा स्पस्ट हुनै पर्छ। मात्र “आचारसंहिता“ मात्र सर्कुलर गरेर हुदैन कार्यन्वयनमा जोड दिन आवस्यक छ । जसले पार्टीको नीति निर्देशन बाहिर रहेर काम गर्छन तिनलाइ पार्टी सदस्यमा रहने अधिकार छैन र प्रोत्साहन र ढाकछोप गरेर थप क्षति हुन दिनु हुदैन। कुनै बलियो गुटमा लाग्दा “मेरो राजनितीक भबिस्य सुरक्षित हुन्छ“ भन्ने गलत स्कुलिङ निरुत्साहित गर्नैपर्छ । अब पार्टीलाइ मुखले एक ढिक्क पार्छौ हुन्छ भैहाल्छ भन्ने तर खुरुखुरु एकलौटी तरिकाले नेताहरु चल्यो भने प्रतिक्रियावादी शक्तिले फैलाएको बिभाजनको भ्रम पूरा नहोला भन्न सकिन्न।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























