नेपालमा पहिलो पटक पिसी–एफ मोडल कार्यन्वयनमा
११ चैत्र, काठमाडौं । नेपाल सरकारले देशका ठुला जलबिद्युत परियोजना निर्माण गर्न अगाडी सारेको इपिसी–एफ मोडल निजि क्षेत्रको पहलमा कार्यन्वयनमा आएको छ। दोलखा रामेछापको सिमामा रहेको ४८.८ मेगावाट खिम्ती २ आयोजना निर्माणका लागि पिपुल्स इनर्जी लिमिटेडले चिनिया कम्पनिसंग करिब ९ अर्बको ठेक्का सम्झौता गरेर नेपालमा पहिलो पटक पिसी–एफ मोडललाई कार्यन्वयनमा ल्याएको हो।
हालसम्म चीन, भारत लगायत अन्य मुलुकबाट जुनसुकै आयोजना निर्माण गर्नका लागि नेपाल सरकारले भुक्तानी ग्यारेन्टी उपलब्ध गराए पश्चात मात्र यस्तो लगानी नेपाल भित्रने गरेको थियो। तर पिपुल्स इनर्जीले भने आरएम समुहको साखका कारण कुनै ग्यारेन्टी बिना नै आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानी गर्ने गरि आवश्यक रकम विदेशबाट नेपाल भित्र्याएको हो। यसले बैंक तथा वित्तीय संस्थामा हाल देखिएको तरलताको अभावलाई समेत केही मात्रमा सम्वोधन हुने कुरामा कम्पनिले बिश्वास व्यक्त गरेको छ।
यसरि आयोजना निर्माण पश्चात भुक्तान गर्नेगरि हस्ताक्षर गरिएको खिम्ती २ जलविद्युत आयोजना निर्माण सम्झौता नेपालका नीजि क्षेत्रबाट लगानी भएका आयोजनाहरुमध्ये सबै भन्दा ठूलो आयोजना हो।
चीनिया कम्पनि छोङछिङ वाटर एण्ड टर्वाइन वक्र्स कम्पनी CWTW (chungquing water turban works co) का अधिकारि र पिपुल्स इनर्जीका अध्यक्ष कृष्ण प्रसाद आचार्यको नेतृत्त्वमा चीन गएको ८ सदस्यीय टोलीबीच यस सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो।
चीनिया कम्पनिका अधिकार र पिपुल्स इनर्जीका अध्यक्ष कृष्ण प्रसाद आचार्यको नेतृत्त्वमा चीन गएको ८ सदस्यीय टोलीबीच एक समारोहका बीच यस सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो।
दर्जनौं छलफलपछि मात्र लगानी जुटाउने र ठेक्का सम्झौता गर्ने चरणमा पुगेको कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण आचार्यले बताए । ‘निर्माण सुरु भएको ३ वर्षमा आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने, ‘त्यही अनुसार कम्पनीले काम अघि बढाइसकेको छ ।’
त्यस्तै कम्पनिका बोर्ड सदस्य तथा नेपाल उद्योग बाणिज्य महासंघ व्यापार समिति सभापति दिल सुन्दर श्रेष्ठले अहिलेसम्म कै ठुलो राशिको ठेक्का सम्झौतापछी निजि क्षेत्रले जलविद्युतमा चिनियाँ लगानी भित्र्याउने ढोका खुलेको प्रतिक्रिया दिए । सम्झौताको आदान प्रदान कार्यक्रम एक समारोह बीच नेपालमा गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए।
इपिसी–एफ (इन्जिनियरिङ, प्रोक्योरमेन्ट, अन्सट्रक्सन र फाइनान्स) मोडल अनुसार ठेकेदार चिनिया कम्पनिलाई सुरुमा १० प्रतिशत पेश्की बुझाइनेछ। बाँकी ९० प्रतिशत रकमभने आयोजनाबाट बिद्युत उत्पादन भएको ७०० दिन पश्चात चिनिया कम्पनिलाई बुझाइनेछ।
नेपालको जलबिद्युत क्षेत्रमा निजि क्षेत्रबाट अहिलेसम्म कै ठुलो लगानीमा निर्माणधिन यस आयोजनामा सानिमा बैंकको अगुवाईमा १० बैंकले लगानीको वित्तीय व्यवस्थापनको जिम्मेवारी लिएको छ।
असोज ८ गते सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र पिपुल्स इनर्जीका अध्यक्ष आचार्यबीच यस परियोजनाका कर्जा लगानी गर्ने सम्बन्धी सम्झौतापत्र हस्तान्तरण भईसकेको छ। यस आयोजनामा सानिमा बैंकको अगुवामा सिद्दार्थ, नबिल , जनता , एनआईसी एसिया , एनएमबी , बैंक अफ काठमाण्डौ , सिभिल , ग्लोबल र एनसिसि बैंकको ७५ प्रतिशत लगानी छ। बाँकी २५ प्रतिशत लगानी पिपल्स इनर्जी लिमिटेडको छ।
८ अर्ब ६५ करोड अनुमानित लागतको यो परियोजना सम्पन्न हुन चार वर्ष लाग्ने र परियोजनाले वार्षिक २६ करोड युनिट (सुख्खा याममा ४.५ करोड युनिट, बर्षायाममा २१.५ करोड युनिट) बिजुली उत्पादन गर्नेछ। ८ अर्ब ६५ करोड अनुमानित लागत मध्ये बैंक कर्जा ६ अर्ब ४८ करोड ४० लाख रुपैयाँ छ।
आयोजनाको बार्षिक कुल अनुमानित आम्दानि पहिलो बर्ष १ अर्ब ४० करोड र बार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म बढ्दै जाँदा नवौं बर्षमा १ अर्ब ७४ करोड हुने प्रक्षेपण गरिएको छ।