१९ जेष्ठ २०७७ बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित स्थित ठुरिया जंगलमामा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।
भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा गएराति ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरिका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन् ।
घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।