१९ जेष्ठ २०७७ नवलपरासी । नवलपरासीमा कावासोतीका २ जना र र बिनयत्रिवेणीका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कावासोती नगरपालिकाका बर्ष २२ र ३६ का २ जना पुरुष र बिनयत्रिवेणी गाउँपालिकाका बर्ष १४ का एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोनासँगै डेंगु र स्क्रबटाइफसका बिरामीको संख्या पनि बढ्न थालेको छ ।

म्याग्दीमा तीन जनामा स्क्रबटाइफसका बिरामी भेटिएका छन् भने कास्कीमा ५, म्याग्दीमा ९, नवलपरासीमा १, बागलुङमा एक गरी १६ जनामा डेंगुको संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।