६ असार,२०७७ मकवानपुर ।  बागमती प्रदेशमा कोरोना संक्रमितको कूल संख्या २ सय ८१ जना पुगेको छ ।

प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाँकी एक रसुवा जिल्लामा भने हालसम्म संक्रमित संख्या फेला परेको छैन।

शुक्रबार बागमती प्रदेशमा ३७ जना कोरोना संक्रमित थपिएका थिए। १८ जना महिला र १९  जना पुरुष गरी थप ३७ जना संक्रमित बागमती प्रदेशमा थपिएको मन्त्रालयले जनाएको छ ।

बागमतीमा शुक्रबार थपिएका संक्रमित सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा रहेका छन् । त्यहाँ १० जना महिला र ११ जना पुरुष गरी २१ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै, मकवानपुरका ३ जना महिला र ५ जना पुरुष गरी ८ जना, काठमाडौंका २ महिला र १ पुरुष गरी ३ जना, धादिङका १ महिला, चितवनका १ महिला र सिन्धुलीका १ महिलामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म संक्रमित हुनेहरुमा धादिङका ९४ जना, काठमाडौं र चितवनका ४०/४० जना, सिन्धुपाल्चोकका २७, रामेछापका २२ जना,नुवाकोटमा १५ जना, मकवानपुरका १४ जना, भक्तपुरका ९ जना,सिन्धुुलीका ७ जना, काभ्रेका ६ जना, ललितपुरका ५ जना र दोलखाका २ जना रहेको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै बागमती प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सिन्धुपाल्चोकका एक जना, चितवनका एक जना, ललितपुरका एक जना र दोलखाका एक जना रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।