१ साउन,२०७७ काठमाडाैं । विश्वमा कोरोना सङ्क्रमितमध्ये ८० लाख ३७ हजार भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ३६ लाख ९१ हजार ५ सय ७० जना सङ्क्रमण पुष्टि भएकामा ८० लाख ३७ हजार १ सय ४० जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।
यस्तै, कोरोनाका कारण ५ लाख ८६ हजार ८ सय २० जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ५० लाख ६७ हजार ६ सय १० जना विभिन्न अस्पतालमा उपचाररत छन् भने ५९ हजार ६ सय १७ जनाको अवस्था गम्भिर रहेको छ ।
यस्तै, कोरोनाबाट अमेरिकामा ३६ लाख १६ हजार ७ सयभन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये १६ लाख ४५ हजारबढी निको भएका छन् भने १ लाख ३० हजार १ सय भन्दा धेरैको ज्यान गएको छ ।
यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १९ लाख ७० हजार ९ सय ९ पुगेको छ भने ७५ हजार ५ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १२ लाख ५५ हजार ५ सयभन्दा बढी निको भएका छन् ।