कान्छा तामाङ (परिभाषा),
केन्द्रिय संयोजक, तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल
तामाङ भाषाः
तामाङ जाति एवं समुदायले बोल्ने गरेको तामाङ मातृभाषालाई तामाङ भाषा र तामाङ ग्योई भनिन्छ । नेपालमा रहेका कुल तामाङ जनसंख्याको शतप्रतिशत तामाङहरुले नै आफ्नो आमा ग्योई बोल्ने गरेका छन् । सरकारी कामकाज, स्कुल, कलेज, पत्रपत्रिका, संचार माध्यमहरु आदीमा व्यापक रुपमा व्यवहारिक प्रयोजनमा प्रयोग गर्ने अवसर नपाउदा यसको शिर बृद्धी हुन पाईरहेका छैनन् । बेलाबखत यो भाषा सम्बृद्ध शक्तिशाली भाषाको रुपमा रहेको सजिलै अनुमान लगाउन सकिन्छ । शदीऔं बर्ष राज्यसत्ताको सरकारी भाषाको रुपमा प्रयोग गर्न बन्चित रहेर पनि यस भाषाको सबै पक्ष जीवित रहनु उदारणीय मान्न सकिन्छ । तामाङ भाषा बोल्ने समुदायमा ताम्बा, गान्बा, बोम्बो, लामालाई तामाङ संस्कार सस्कृतिको संरक्षक एवं विशेष व्यक्तित्वको रुपमा मान्ने गरिन्छ ।
तामाङ जाति मंगोलीयन मूल भित्र पर्ने एक भाषिक समुदाय हुन् । यस समुदायले बोल्ने गरेको तामाङ ग्योई भोट बर्मेली भाषा परिवार भित्र पर्दछन् । यस परिवार भित्र पर्ने तामाङ, तमु–गुरुङ, शेर्पा, योल्मोले बोल्ने भाषा शब्दहरु धेरै नै मिल्ने गर्दछन् । नेपालका मंगोलीयन आदीवासी जनजातिहरुको भाषा भोट बर्मेली भाषा परिवारको शाखा भित्र पर्ने गर्छन् ।
तामाङ भाषालाई काईपाहरुले गीतको रुपमा, ताम्बा–गान्बाहरुले सामाजिक र लोक साहित्यकार, बोम्बो–लामाहरुले संकार–संस्कृतिविदको रुपमा बचाउदै, विकास गर्दै ल्याएको देखिन्छन् । आज पनि यी मान्य वर्गले तामाङ भाषा, कला, साहित्य, संस्कार, संस्कृतिको विज्ञ र ज्ञाता एवं जानकार बनेर ठुलो अतुलनीय योगदान पु¥याउदै आईरहेको पाईन्छ । वास्तविक तामाङ भाषाको प्रयोग कर्ता उहाँहरुलाई मान्न सकिन्छ । तामाङ भाषाको संरक्षण र विकास गर्दै यहाँसम्म ल्याउने कार्यमा मुख्य योगदान र भुमिका यी पात्रहरुले खेलेको देखिन्छ ।
तामाङ भाषाको विशेषज्ञताः
१. तामाङ भाषा चिनियाँ भोट बर्मेली एकाक्षरी भाषा परिवार भित्र पर्ने एक अगलगै भाषिका हो । यस भाषाको प्रत्येक अक्षरले नै शब्दको रुपमा काम गर्दछ अर्थात् अक्षरहरुको शाब्दिक अर्थ रहने गर्दछ । जुन नेपाली भाषा र वर्ण अक्षरमा पाईदैन ।
२. तामाङ भाषा कारान्त भाषा हो । नेपाली भाषिकृतले लेख्ने अकरान्त अशुद्ध हुन् । जस्तैः तामाङ भाषालाई का, खा, गा, ङा, चा, छा, जा, टा, ठा, डा, ता, था, दा, ना, पा, फा, बा, मा, या, रा, ला वा, सा, हा (२४ व्यञ्जन वर्ण र ५ स्वर वर्ण आ, अी, अु, अे, ओ) मात्र उच्चारण हुने गर्दछ । खस नेपाली देवनागरी भाषा लिपीमा जस्तो क, ख, ग, घ, ङ, ……….. क्ष, त्र, ज्ञ भन्ने उच्चारण हँुदैन ।
तामाङ अक्षरहरुको अर्थः
काः रगत, कथन, भनाई, उक्ति,
खाः मुख, कथन
गाः ओड्ने, खास्टो
ङाः म, मन्त्र चाः नशा छाः स जाः छोरा, चिया टाः जरा ठाः भोग र बली डाः नाम्लो, चिठी ताः घोडा, के, किन थाः दाः थाङ्ग्रो, खाँबो, टेको नाः नाक, लाउ पाः लेउ, दिनु फाः लोग्ने, श्रीमान्, पोई बाः लेउ, देउ, पात माः आमा, निङ्गालो, गुदीस याः हात, हस, हुन्छ राः बाख्रा, हुन्छ, ल वाः सिउदो, है, हो साः जमिन, तील, श्वास हाः पशु पंक्षी धपाउने शब्द ।
स्वर वर्णः आः आमा, निच मार्नुस अीः हेर, ईश अुः ओडार, गुफा ओः दङ्र छक्क
नेपालीमा कलम, मलम, शहर, रहर, कमल, मकल, भन्दा शुद्ध हुन्छ भने तामाङ भाषा यो शुद्ध मानिदैन । किनकि तामाङ भाषा आकारान्त भाषा हो सबैको उच्चारण आ हुन्छ । आ तान लाग्छ जस्तैः कालामा, शाहारा, राहारा, कामाला, माकाला उच्चारण गर्ने हुदाँ अकारान्त भाषा लिपि भन्दा तामाङ जनजिब्रोका आकारान्त उच्चारण आउने लिपि का, खा, गा, नै उपयुक्त र व्यवहारिक देखिन्छ । त्यसैले देवनागरी लिपि तामाङ भाषाको व्यवहारिक लेखन कार्यको लागि उपयुक्त देखिन्न ।
३. तामाङ भाषा ध्वानीय भाषा (Tonal Language) हो । एउटै अक्षरको एक भन्दा बढि अर्थ दिने गरेको पाईन्छ । एउटै अक्षर वा शब्दको उच्चारणको आधारमा शाब्दिक अर्थ लाग्ने हुन्छ। जस्तैः
काः रगत, भनाई, कथन
मेः आगो, कोठी, पुच्छर
माः आमा, निङ्गालो, गुदी (बीचको भाग) आदी ।
४. तामाङ भाषामा ङाछी (पाँचखरी) प्रयोग हुन्छ ।
जस्तैः
काः रगत, कथन, भनाई
किः क्यु, कीई, क्युअी (पानी)
कुः मुर्ति, चित्र, छाति नौ (संख्या)
केः पटुका, अणडाको रानो
कोः एक प्रकारको माटाको भाँडो
चार वटा मात्राहरु मात्र हुन्छन्ः ती हुन्ः गिगु, स्हाब्गु, डेङ्बु, नारो । तर नेपाली भाषा एवं वर्ण लिपीमा बाह्र मात्रा र बाह्र खरि लाग्ने हुन्छन् । त्यसो भएको हुँदा नेपाली भाषा भनेको अकारान्त, ईकारान्त, उकारान्त, ऐकारान्त, ओकारान्त, औकारान्त आदी उचार्य भाषा हुन् । यी सबै तामाङ भाषाको प्रयोगमा आउदैनन् त्यो भएको हुदाँ देवनागरी खस भाषा लिपि तामाङ भाषा लेखनमा उपयुुक्त मान्न सकिन्न । तामाङ भाषाको फोनोड्ीलर पाँचखरी भोट भाषासँग मेल खान्छ नेपालीसँग होईन ।
५. तामाङ भाषाको मातृभाषा भोट भाषा हो । त्यसो भएको हुदाँ तामाङ शब्दहरु धरै नै लगभग ५०।६० प्रतिशत शब्दहरु मातृभाषासँग मेल खान गएको देखिन्छ । नेपाली भाषासँग ५ प्रतिशत पनि मेल खान जाँदैन । तामाङ भाषालाई देवनागरी लिपीमा लेखन गर्नु भनेको मुल भाषाको विशेषतालाई बङ्याएर नेपालीकृत गर्नु हो यो हुनै सक्दैन ।
६. तामाङ भाषाको लेख्य र लेखन ईतिहास खस नेपाली देवनागरी लिपीमा पाईदैन । तामाङ जातिको पुराना पुस्तकहरु जस्तैः दोङराप, फाराप, केराप, सेराप, काङ्ग्युर, ताङ्ग्युर छ्योई, देवहरु कुनै पनि देवनागरीमा छैनन् । तामाङ भाषालाई देवनागरी लिपीमा लेखन, पठन पाठन गर्न गराउनु पर्छ भन्ने दृश्टिकोण महामुर्ख्यार्ई पन भन्दा अरु केही भन्न सकिन्न ।
७. भुतबाट पाठ सिकेर वर्तमानमा प्रयोग गर्ने र भविश्य निर्माण गर्ने तिर लाग्नु पर्ने हुन्छ । अर्थात् तामाङ भाषाको शब्द, अर्थ, वाक्य संरचना, शब्द निर्माण माउ भाषा तिर खोज गर्नु वैज्ञानिक हुन्छ । खस नेपाली भाषा देवनारिक लिपि हुँदै संस्कृत भाषा, पालि भाषा तिर जानु अवैज्ञानिक हुन्छ । यो त कुटी जाने काँशीको बाटो हिडे जस्तो हुन्छ ।
तामाङ भाषा लेखन अभ्यासः
तामाङ जाति एवं समुदायका पुराना पुस्तक छ्योई देव दोङराप, फारप, केराप, सेराप, काङ्ग्युर, टाङ्ग्युर, लामा छ्योइ सबै लामा भाषा र लिपि अर्थात् तामयीगमा लेखेको पाईन्छ।
नेपालका तामाङहरु आफुलाई भाषा लिपि विज्ञ भन्नेहरु व्यक्तिगत स्वार्थमा डुबेको पाईन्छ । यी कलीसयुगका स्वार्थी लोभि पापी, अवसरवादी, नाम, पद, पैसा, प्रतिष्ठाका भोगीहरुको जुङ्गाको संघर्ष र लडाईका कारण तामाङ समुदाय भित्र भ्रम पैदा भएको पाईन्छ । भने उपल्लो वर्गले खेल्ने अवसर मिलेको देखिन्छ। तामाङ भाषा लेखनमा विशेष गरि ४ प्रकारका लिपि प्रयोग गर्ने गरेका पाईन्छ।
१. सम्भोटा २. तामयीग ३.देवनागरी ४. रोमण
१. सम्भोटा लेखनः
राजा सोङचोङ गोम्पोका मन्त्री थोन्म्ही सम्भोटाले ६३२ सम्बत तिर विकास गरेको पाईन्छ । यस लिपिमा नै तामाङ पुर्खा म्हेम्हे आखेहरुले परापुर्वकाल देखि लेखन अभ्यास गर्दै आएका छन् । तामाङ समुदायका पुराना ग्रन्थ, पुस्तक सबै यहि लिपीमा लिपिबद्ध भएको छ । गुम्बामा बस्ने गेलुङ र लामा गुरुहरुले यस लिपीमा पठन पाठन गरेको पाईन्छ । यस लिपीमा लेखन कार्य गर्दा भोट व्यकरण अनुसार लेख्ने गरिन्छ ।
मुल शब्द र धातु म्हीङ्शीको पहिचान गरि ङोन्जुग (उपसर्ग), जेन्जुग(प्रत्यय), याङ्जुग(उप प्रत्यय), विभक्ति, काल, पक्ष लगायत व्याकरणात्मक नियमको पालन गरि लेख्ने प्रचलन रहेकोछ । यसको व्यकरणीय पक्ष अलि जटिल रहदै आएको छ । त्यसैले बोलीचालीका व्यवहारिक तामाङ भाषा भोट व्याकरण अनुसार सम्भोटा लिपीमा लेखन कार्य गर्दा जटिल हुने अनिवार्य छ । ३, ४, ५ वटा अक्षर लेखेर एउटा उच्चारण गर्नु पर्ने र स्पेलिङ कण्ठ गर्नु पर्ने जटिलटा सँगसँगै व्याकरणको जटिलताले यो लेखन कार्य धेरै गाहे देखिन्छ। यो लेखन शैलीबाट तामाङ भाषा र पठन पाठन गर्दा तामाङ समुदायमा संकट र समस्या थप्ने जटिलता देखिन्छ ।
यसै कारणले गर्दा यद्यपी २०६७ पछि कक्षा १ देखि १० सम्मको पाठ्य पुस्तक तयार भएता पनि गति लिन सकेन । तामाङ लामाहरु यस लिपीमा रहेको छ्योई र देव अध्ययन गर्ने हुँदा यहि लिपि र व्यकरणको आधारमा विद्यालयमा पठन पाठन गर्नु पर्ने मत रहेको देखिन्छ । यहि लिपि र व्याकरणको कारणले लामा गुरुहरु बाहेक आम तामाङ समुदाय बौद्ध दर्शनको ज्ञानबाट टाढा रहनु परेको यथार्थ तितो सत्य छदैछ । यस तथ्यलाई दृष्टिगत गर्दा सम्भोटा लिपि र भोट व्याकरणबाट तामाङ भाषाको लेखन कार्य गर्नु त्यति व्यवहारिकता पाईदैन ।
२. तामयीग लेखनः
यो सम्भोटा लिपि नै हो तर सम्भोटाको विकसित रुप मान्न सकिन्छ । सम्भोटाको साल्जे सोमच्यु (३० व्यञ्जन वर्ण) बाट २१ वटा व्यञ्जन वर्ण र ३ वटा लोगयीग गरि २४ वटा ब्यञ्जन वर्ण रहेको छ । का, खा, गा, ङा, चा, छा, जा, टा, ठा, डा, ता, था, दा, ना, पा, फा, बा, मा, या, रा, ला, वा, सा हा । सम्भोटामा आ लाई व्यञ्जन वर्णमा समेटेको छ स्वर वर्णर याङ्श्ही (अी, अु, अे, ओ) ४ वटा रहेको छ।
तामयीग र सम्भोटा लेखनमा फरकः
क) सम्भोटा लेखनमा भोट भाषाको व्याकरण अनुसार लेख्ने गरिन्छ । बोल्दा वा उच्चारण गर्दा अर्थात् पढ्दा भोट व्याकरणको नियम अनुसार पढिन्छ।
ख) तामयीग सम्भोटाको युनिकोड मान्न सकिन्छ किनकि यो तामयीग लेखन सम्भोटा भन्दा सयौं गुणा सरल, सहज र सजिलो पनि छ ।
ग) तामयीग लेखनको मुल विशेष्ता एवं सिद्धान्त भनेको जे बोलिन्छ त्यहि लेखिन्छ र जे लेखिन्छ त्यहि बोलिन्छ । यो वैज्ञानिक र व्यवहारिक देखिन्छ । यस लेखनमा भोट भाषाको लेखन व्याकरण प्रयोग हुदैन । तामाङ भाषाको शब्द, वाक्य अर्थात् तामाङ भाषा व्याकरण अनुसार लेखन गरिन्छ। यसलाई भोट भाषा लेखनको रोमन सिस्टम भन्न सकिन्छ । तामाङ भाषा सम्भोटामा लेखन गर्न ३० दिन लाग्छ भने तामयीगबाट ३ दिन मै लेखन कार्य गर्न सकिन्छ ।
घ) तामयीग लेखन व्यावहारिक र वैज्ञानिक लेखन मान्न सकिन्छ । भाषा विज्ञान अनुसार भाषाको शब्द, लेखन जटिलबाट सरल तिर बग्दछ अर्थात् खोलो अग्लो उच्च स्थानबाट होचो स्थान तिर बगे झैं भाषा विकास जटिलबाट सरल तिर आउने हुँदा सरलबाट जटिल तिर कहिल्यै जाँदैनन् । त्यसैले तामयीग लेखन सरलताको खोज र उपज हो भन्ने मान्न सकिन्छ । सजिलो र सरल चीज विकास तिर जाने कुरो स्वाभाविक हुन्छ ।
ङ) तामयीयः नेपाली र संस्कृत (सम्भोटा) जस्तै हो । कुन व्यवहारिक सरल, सहज र सजिलो हुन्छ भन्ने कुरो आम तामाङ समुदायले बुझ्ने कुरा भए । सम्भोटा सिक्नै हुन्न भन्ने होईन बौद्ध धर्मशास्त्र र ग्रन्थ अध्ययन अनिवार्य सिक्नु पर्दछ । तर यो चीज गुम्बा विद्यालय मार्फत पठन पाठन भै रहेका छन् ।
च) तामाङ भाषा विकास, बृद्धीको निमित तामाङ व्याकरणको खोज अध्ययन, अनुसन्धान गरि पठन पाठनमा लिएर जानु वर्तमान आवश्यकता हो । भोट व्याकरण सिकेर, देवनागरिक नेपाली व्याकरण सिकेर व्यवहारिक तामाङ भाषाको सिकाइ हुन्न ।
ग) देवनागरी लेखनः जुनसुकै भाषालाई लेख्य रुप दिदाँ जुनसुकै संकेत वा लिपीमा लेख्न सकिन्छ । जस्तै नेपाली भाषालाई पनि देवनागरी लिपि मै लेख्नु पर्छ भन्ने छैन तर देवनागरी लिपि र नेपाली भाषाको एउटा सम्बन्ध, विशेषता, आधार, पैचान, परम्परा भएको कारण देवनागरी लिपीमा लेखन गरियो। नेपाली भाषालाई पनि अन्य भाषामा लेखन गर्न सकिन्छ तर सबै भाषा लिपीको आ–आफ्नै मूल्य मान्यता , विशेषता र पहिचान रहेका हुन्छन् । तामाङ भाषालाई तामाङ पुर्खाहरुले परापुर्व काल देखि छ्योई, देवहरु देवनागरी लिपिमा लेखन गरेको पाईदैन । देवनागरी लिपीमा नै तामाङ भाषाको विद्यालयमा पठन पाठन गर्नु गराउनु पर्छ भन्नू महा–मुर्खतापन बाहेक केही होईन । २०५४ तिर कक्षा १–५ सम्मको पाठ्य पुस्तक देवनागरी लिपीमा प्रकाशन गरेका पाईन्छ । यो तामाङ समुदायको विरोध अर्थात् तामाङ समुदायले स्वीकार नगरे पछि लागू नभएको देखिन्छ ।
घ) रोमण (आई पि ए) लेखनः
तामाङ जाति तथा भाषाको अध्ययन, अनुसन्धान गरेका विदेशी नागरिकहरुले रोमण भाषा लिपीमा अर्थात् अंग्रेजीमा लेखन गरेको देखिन्छ । उनीहरुले तामाङ भाषालाई रोमण लिपीमा सजिलै लेखन गरेको पाईन्छ । जस्तैः ङाअी कान चाजी । Ngai kan chaji.
पासाङ याम्बुरी नीजी। Pasang yamburi niji.
भन्ने नै हो भने जुनसुकै भाषाको लेखन कार्य रोमण आई पि ए लिपीमा सजिलो देखिन्छ ।
तामाङ भाषाको लेखनमा लिपीको विवाद किन ?
१. तामाङ भाषाका विज्ञ एवं जानकार भन्नेहरु समाधान भन्दा आ–आफ्नो डम्फु बजाउन खुशी लाग्नु र मान्नु मुख्य कारण देखिन्छ । सामुहिक निर्णय भन्दा व्यतिगत अहमता हावी रहेको हुदाँ उनीहरु आआफ्नो स्वार्थका निमित दुनो सोझाउने कुरा गर्दा नै रमाउने गरेका पाईन्छन् । तामाङ समुदायको भाषा, साहित्य, कला, सीप, व्यवहारिक पठन पाठन सिकाईको शिर बृद्धी, विकास भन्दा पनि अवसर, नाम, पद, दामरपैसा, प्रतिष्ठा, लाभ केन्द्रीत भई आफै मात्र सर्वेसर्बाह ठान्नु विडम्बनाको कुरा हो। एकले अर्काेलाई निषेध गरेर जाने कुरा पनि बेठक देखिन्छ । समुयिकतामा नआउनु पनि गलत देखिन्छ। सारमा जुङ्गाको लडाई तामाङ समाजलाई थिचाई (तल पार्ने) काम भन्दा अरु केही देखिन्न ।
२. तामाङ भाषाको लेखन सम्भोटामा गर्दा भोट व्याकरण र तामाङ भाषाको व्यवहारिक मौलिक व्याकरण दुई वटा व्याकरण अध्ययन गर्नु पर्ने बाध्यता पर्दछ यो वैज्ञानिक हुन सक्दैन । त्यसैले सम्भोटाको व्यवहारिक सरल, सहज र व्यवहारिक लेखन तामयीग हुन सक्छ । भविश्यमा तामयीग विकास हुँदा सम्पुर्ण छ्योई, देबहरु तामयीगमा अनुवाद हुन सक्छ। विश्वका जुनसुकै भाषा भाषिले अहिले भएको भोट भाषा, लिपि व्याकरण भन्दा धेरै गुणा सजिलो हुने देखिन्छ । संस्कृतमा रहेको बोद, पुराण, गिता, उपनिषद नेपाली भाषामा अनुवाद भए जस्तै ।
३. तामाङ समुदायको नेतृत्व गर्ने तामाङ सामाजिक संघरसंस्थाले एउटा ठोस बाटो पैचान गरि गति दिन नसक्दा खेरी सबैले खेल्न पाएको परिवेश र परिस्थितिले गर्दा विवाद सृजना भएको देखिन्छ ।
निष्कर्षः
आ–आफ्नो स्वार्थको लागि अरुको बुई चढ्न छोडेर तामाङ समुदायको भाषा, साहित्य, सीप, कला, ज्ञान हस्तान्तरण अर्थात् सिकाई पुस्ताकरण, पठन पाठन गर्ने पहल तिर अघि बढेमा सबै समस्या हल हुँदै जाने देखिन्छ । तामाङ भाषाका विज्ञ एवं जानकारहरु लिपीमा होईन तामाङ भाषा, व्याकरण, शब्दकोष निर्माण, साहित्य, ईतिहास, सीप, कला र तामाङ समाजलाई सुसभ्य, सुसंस्कृत, सम्बृद्द समाजको निर्माण गर्ने तिर छलफल बहस आजको आवश्यकता हो। यसो भयो भने सबै खाले समस्या समाधान हुँदै जाने देखिन्छ ।
(कान्छा तामाङ (परिभाषा) नेकपा विप्लब समूह निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका ) केन्द्रिय संयोजक हुन् ।)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।