काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको बताए ।
काठमाडौंमा ४ सय ८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा संक्रमण देखिएको छ । यो संगै संक्रमितको संख्या ५४ हजार एक सय ५९ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट ३ महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा मात्रै कारोनाबाट २ महिला सहित ६ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ ।
आईतबार १ हजार १ सय ७३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । यो संगै देशभरी ३८ हजार ६ सय ९७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन ।
आज क्वारेन्टिनमा ६ हजार ५ सय ३६ जना छन । आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ । हाल संस्थागत आइसोलेसनमा ७ हजार ७ सय ३० जना संक्रमित उपचाररत रहेका छन भने होम आइसोलेसनमा ७ हजार ३ सय ३७ जना रहेका छन । यस्तै आइसियुमा १ सय ६९ र भेन्टिलेटरमा २३ जना संक्रमित उपचाररत रहेका छन ।