काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएको बताए।

काठमाडौंमा ५ सय ३, भक्तपुरमा ५१ र ललितपुरमा ९१ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै सङ्क्रमितको सङ्ख्या ७० हजार ६ सय १४ पुगेको छ ।

शुक्रबार थप १ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा तीन पुरुष र तीन महिला गरी थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ । त्यस्तै पीसीआर १२ हजार २ सय ६२ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ६ हजार ४ सय ६४ जना रहेका छन् भने आइसोलेसनमा १८ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन् । आइसियूमा २ सय २७ र भेन्टिलेटरमा ३९ जनाको उपचार भइरहेको छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला