काठमाडौँ । नेकपाको (प्रचण्ड–नेपाल) पक्षले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहीबार बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेको हो ।

बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय आन्दोलन समिति गठन गरेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरु माइतीघरमण्डलामा उपस्थित हुने कार्यक्रम तय भएको छ । त्यहाँको प्रदर्शनपछि सोही टोली निर्वाचन आयोगमा जाने भएको छ ।

यो समूहले सोही दिन नै २ बजे पत्रकार सम्मेलन गर्नेछ । आन्दोलनका कार्यक्रम काठमाडौंमा बढी केन्द्रित हुनेछन् । पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ ।

नेकपाको केन्द्रीय कमिटी निर्णयहरू
-पुस १० गते ९ः३० बजे सबै केन्द्रीय सदस्य, सासंदहरू लगयत माइतीघर मण्डलामा जम्मा भएर १२ बजे निर्वाचन आयोगमा जाने । दिउसो २ः०० बजे पत्रकार सम्मेलन ।
-एक हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने ।
-पुस १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।
-पुस १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने ।
-पुस १४ गते ७७ वटै जिल्लामा प्रतिगमनकाविरूद्द आन्दोलन ।
-पुस २० गतेभित्र नगर/गाउँपालिकासम्म बैठक, भेला गर्ने ।
-पुस २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने ।
(काठमाडौ लगायतका शहरहरूमा प्रतिगमनकाविरूद्द दैनिक आन्दोलन गर्ने ।
क. नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०१ प्रतिगमनकाविरूद्द सघर्ष समिति गठन ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।