वैशाख १५, बनेपा । काभ्रेमा चार दिने ‘कृषि व्यवसाय प्रबद्र्धन तथा व्यापार मेला–२०७५’ शुरु शनिबारबाट शुरु भएको छ ।
मेलाको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्र ितामाङले उत्पादनलाई बजारसम्म पु¥याँउदा बीचमा लिने फाईदा कृषकहरु माझमा नै पु¥याउने ब्यवस्था गर्न आवश्यक रहेको बबताए । तामाङले कृषि व्यवसाय प्रबद्र्धनका लागि सरकारले विशेष जोडदिने समेत बताए ।

काभ्रे जिल्लामा उत्पादित कृषिजन्य वस्तुहरुलाई सहजै उपभोक्तामाझ पु¥याउने उद्देश्यका साथ सञ्चालनमा आएको काभ्रे कृषि बजार मल्टिपर्पोज प्रा.लि तथा सम्वृद्ध कृषि सहकारी संस्था लि.ले मेलामा कृषि उपज, कृषि सामग्री, पशुजन्य वस्तुहरुको प्रदर्शनीसँगै किसानहरुबीच प्रतिस्पर्धा, उत्कृष्ट कृषकहरुलाई पुरस्कार, नर्सरी, मह लगायतको व्यवस्था गरेको छ ।

तरकारीजन्य, दुधजन्य, मासुजन्य, प्राङ्गारिक, जैविक विषादी, जैविक मल, कृषि सम्वन्धी नयाँ प्रविधिको प्रदर्शन रहेको मेला काभ्रे कृषि बजार मल्टिपर्पोज प्रा.लि बनेपा, (नयाँ तरकारी बजार), सम्वृद्ध काभ्रे कृषि सहकारी संस्था लि. र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयूक्त आयोजनामा भएको हो ।

५० भन्दा बढी स्टलहरु रहको मेलामा किसानहरुका लागि निःशुल्क स्टलहरुको व्यवस्था गरिएको छ । मेला चार दिनसम्म चल्नेछ ।

यो पनि पढ्नुहोस्

काभ्रेमा ‘कृषि व्यवसाय प्रवद्र्धन तथा व्यापार मेला आजदेखि शुरु हुँदै, मेलाको उद्घाटन मन्त्री तामाङले गर्ने

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।