अगामी मंसिर ४ गते हुने निर्वाचनको लागि वाम-लोकतान्त्रिक गठवन्धनको घरदैलो अभियान रोशी गाउँपालिका वडा नं. ८ खार्पाचोकमा पुगेको छ । प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ (क) का प्रत्यक्ष तर्फको उम्मेदवार तथा वागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न ढकालको नेतृत्वमा खार्पाचोक पुगेका हुन ।
घरदैलो पछि गठवन्धन दलहरूले कोणसभाको आयोजना गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै खार्पाचोकमा एक घर एक धारा खानेपानीको ब्यबस्था गर्ने प्रतिबद्धता जाहेर गरे । पूर्वाधार बिकास र समग्र बिकासको लागि आफू लागेरहने प्रतिबद्धता समेत जाहेर गरे । उनले गठवन्धनलाई रोज्न अनुरोध गरे । ‘एकातिर जनताको छोरा लालध्वज उभिएको छ, परिवर्तनको लागि लडेका नेता उभिएको छ अर्को तिर परिवर्तनलाई रोक्ने, परिवर्तनको आन्दोलनलाई दमन गर्ने एमालेबाट रेशम लामा उभिएको छ ।’ उनले भने ‘त्यसैले रेशम लामालाई होइन लालध्वजलाई रोज्नुहोस ।’
कोणसभालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का समानुपातिक उम्मेदवार पासाङ डोल्मु लामाले प्रतिगमनको विरुद्ध यो गठबन्धन भएको बताउदै गठवन्धनको साझा उम्मेदवारलाई मतदान गर्न अनुरोध गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता शंखबुद्ध लामाले रत्न ढकाललाई भावी मन्त्रीको संज्ञ दिदै बिकासको लागि अनुरोध गरे । एमालेका उम्मेदवारले गठवन्धनको उम्मेदवारलाई जित्ने आधार नभएको र ५ वर्ष पछि एमाले प्रतिस्पर्धा मै नरहने भएकोले चिन्ता लागेको बताए । उनले बिगतमा एक अर्काको गुन छ भने अझ बढी सम्झिनु बैगुन भए चटक्कै बिर्सन सबैलाई अनुरोध समेत गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता सुनिल छेवाङ लामाले स्वागत मन्तव्य राख्दै समृद्धि र स्थायीत्वको लागि गठबन्धनलाई मतदान गर्न अनुरोध गरे । यश क्षेत्रका गठवन्धनका प्रत्यक्ष तर्फका उम्मेदवारहरु सूर्यमान दोङ र रत्न ढकाल अरु जस्तो ठेक्काट्टा गर्न र अपराध गरेर बच्नका लागि राजनीतिमा प्रबेश गरेको नभै त्याग र बलिदानको बीचबाट जन्मेका नेता भएको चर्चा गरे ।
कार्यक्रमको सन्चालन शेराप तामाङले सन्चालन गरेका थिए भने सभापतित्व मिकासजित लामाले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















