नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् काभ्रे क्षेत्र नम्बर १ का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सुर्यमान दोङ (लालध्वज)ले समृद्ध काभ्रे निर्माण गर्ने सपना बोकेर आफूहरु भोट माग्न आएको बताएका छन् । धुलिखेल नगरपालिका वडा नं. ११ मा आयोजित वाम लोकतान्त्रिक गठबन्धनको घरदैलो तथा चुनाबी अभियानलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

सो क्रममा उनले निर्वाचन जितेर सांसद बन्ने मात्रै नभई समुन्नत र विकसित काभ्रे निर्माण गर्ने आफूहरुको सपना रहेको मतदाताहरुसँग बताए । उन आफ्नो निर्वाचन क्षेत्रको मुहार फेर्नको लागि प्रष्ट योजनासहित आफूहरु भोट माग्न आएको धारणा राख्दै आफूहरुको लक्ष्य सांसद बन्ने मात्रै नभएको प्रष्ट पारे ।

‘सांसद बन्ने मात्रै हाम्रो लक्ष्य होइन, म दुइपटक माननीय भए, देशको मुल कानुन संविधान लेख्ने काममा भाग लिने अवसर पाएँ, म अन्तरिम व्यवस्थापिका सदस्य र ०६४ सालमा गरी दुइपटक सांसद बनें’ उनले भने, ‘माननीय तीर्थ लामा पनि ०७० सालमा संविधानसभाको सदस्य हुनुभयो, सांसद त हामी दुवैजना भइसक्यौं, अब हाम्रो लक्ष्य सांसद बन्ने होइन, काभ्रेलाई विकसित र समुन्न बनाउने हो ।’

हिजो संविधान लेख्नको लागि सांसद हँुदा पनि आफूले पर्याप्त विकास निर्माणको कामहरू थालनी गरेको बताउँदै तेमाल बृहत खानेपानी, सुनकोसी तेस्रो, कोखाजोर जलविद्युत, डाँडापारीमा विद्युतिकरण, सडकहरू कालोपत्रे देखि युवाहरूलाई रोजगारको अवसर सिर्जनाको लागि भोट माग्न आएको बताए ।

भेटघाटमा लालध्वजले पटकपटक संविधानको हत्या गर्न खोज्ने प्रतिगमनका मतियार तथा जनताको बलिदानले ल्याएको यो गणतान्त्रिक व्यवस्था विरुद्ध उभिने व्यक्तिहरुको आगमनले देश थप दुर्घटनामा जाने खतरा भएकाले आफु चुनाबी मैदानमा लड्न आएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवम् काभ्रे–१, प्रदेशसभा (ख) का उम्मेदवार तीर्थ लामाले एक थोपा रगत रहेसम्म जनताको काममा अहोरात्र खट्ने बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।