नेकपा माओवादी केन्द्रले चुनाव केन्द्रित र्याप गीत ‘भोट फर प्रचण्ड’ बजारमा ल्याएको छ। माओवादी केन्द्रले फरक शैली र नयाँ प्रस्तुतिको रुपमा उक्त गीत बजारमा ल्याएको हो। तीन मिनेट ३० सेकेन्ड रहेको उक्त गीतमा जगत तिरुवाले स्वर दिएका छन् भने संगीत पनि तिरुवाकै रहेको छ।
चुनाव नजिकिएसँगै चुनावी प्रचारप्रसारका लागि पार्टीहरूले विभिन्न शैलीहरू अपनाउँछन्। तिनै शैलीअन्तर्गतको प्रभावकारी शैली मानिन्छ गीत। गीतले आमनागरिकहरूलाई छिट्टै प्रभावित बनाउन सक्छ।
प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनाव नजिकिएसँगै प्रमुख दलहरूले चुनावी प्रचारका गीतहरू सार्वजनिक गरिरहेका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























