काभ्रेमा रहेको नेपालकै प्रसिद्ध धार्मिक तीर्थ स्थल पलाञ्चोक भगवती मन्दिरको दान पेटी चोरी भएको छ । पूर्व वडा अध्यक्ष किरण श्रेष्ठका अनुसार पलाञ्चोक भगवति मन्दिर भित्ररहेको दान पेटी अर्थात् चन्दा बाकस गएराति ११ बजे देखि १२ बजेको समयमा चोरि भएको हो ।

मन्दिर भित्र रहेको सिसिटी क्यामेराको रेकर्ड अनुसार चन्दा बासक गएराति चोरी भएको पाइएको पूर्व वडा अध्यक्ष श्रेष्ठले बताए ।

मन्दिर भित्र ३ थान दान पेटी थिए । जस मध्ये १ थान तामाको दान पेटी फोडिएको अवस्थामा छ भने २ थान फलामको दान पेटी चोरलेसँगै लगेको पूर्व वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

दान पेटीमा दशैँ पछिको चन्दा रकम थियो । चन्दा बाकस भरिएपछि मात्रै खोल्ने चलन रहेको छ । दशैँ अघि १ लाख ४२ हजार रुपैयाँ दान रकम संकलन भएको मन्दिरका हेरालु सोम बहादुर उदासले बताए । अहिले दर्शनार्थीहरुको घुईचो लाग्ने समय हो । अहिले दान राम्रै संकलन हुने गर्दछ ।

चोरी गर्ने ब्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ । धुलिखेल र इलाका प्रहरी कार्यालय भगवती स्थानको प्रहरी टोलीले अनुसन्धान थालेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।