लक्ष्मण लम्साल विद्यार्थी राजनीतिबाट उदायका एक दर्बिला नेता हुनुहुन्छ । स्कुले जीवनबाटै लम्साल अनेरास्ववियुमा आवद्ध हुनुभएको थियो ।

गाउँको विद्यालयमा अध्ययन गर्दादेखि नै विद्यार्थी राजनीतिमा होमिनु भएको लम्सालले विद्यार्थी फाँटको विभिन्न तह र तप्कामा रहेर कुशलतापूर्वक जिम्मेवारी पुरा गर्नुभएको छ ।

प्रष्ट विचार र निडर स्वभाव लम्सालको विशेषता हो । लम्साल तत्कालिन महावदेवस्थान गाविस हालको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ मा २०३६ साल जेठको २२ गते आमा पार्वती लम्साल र बुबा दो प्रसाद लम्सालबाट जन्मिनुभएको हो ।

लम्सालले २०४७ सालमा डेडीथुम्का माध्यामिक विद्यालयमा पढ्दै गर्दा अनेरास्ववियुको सदस्यता लिनुभएको थियो । जतिबेला लम्साल कक्षा ६ मा अध्ययनरत हुनुहुन्थ्यो । अन्याय र अत्याचारको विरुद्धमा बाल्यकालदेखि नै आफूलाई दृढता पूर्वक उभ्याउने लम्सालले न्यायपूर्ण र सुशासन युक्त समाजको कल्पनाका साथ अघि बढ्दै जानुभयो ।

उच्च शिक्षा अध्ययनका लागि २०५३ सालमा राजधानी प्रवेश गर्नुभएको थियो । अनेरास्ववियु बानेश्वर क्याम्पस कमिटीको सह–सचिवको जिम्मेवारी लिएर लम्सालले विद्यार्थी राजनीतिलाई अगाडि बढाउनुभएको थियो ।

लम्साल पछि त्यही क्याम्पसमा अनेरास्ववियुको अध्यक्ष हुँदै २०५७ सालमा भएका स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा निरन्तर स्ववियु सभापतिमा निर्वाचित भैरहनुभयो । बानेश्वर क्याम्पस नै लम्सालको राजनीतिकको राजमार्ग फराकिलो बनाउने थलो हो ।

लम्साल अखिलको क्याम्पस जिल्ला कमिटी सदस्य, बाग्मती अञ्चल समन्वय कमिटीको सदस्य हुँदै १७ औँ राष्ट्रिय सम्मेलनबाट वैकल्पिक केन्द्रीय सदस्य बन्नुभयो । विद्यार्थी हक र अधिकारको निम्ति अनेकन मोर्चामा महत्वपूर्ण योगदान पु¥याउनुभएका लम्सालले अनेरास्ववियुको १८ औं राष्ट्रिय सम्मेलनबाट पुर्ण केन्द्रीय सदस्य भएपछि बाग्मती अञ्चलको संयोजकको जिम्मेवारीमा रहेर काम गर्ने अवसर प्राप्त गर्नुभयो ।

अनेरास्ववियुको १९ औँ राष्ट्रिय सम्मेलनबाट सचिवालय सदस्य हुँदै लम्सालले संगठन विभागको प्रमुख भएर जिम्मेवारी वहन गर्नुभयो । विभाग प्रमुख हुँदा लम्सालले देशभरका विद्यार्थी माज थप परिचित हुने वातावरण पाउनुभयो । अखिलमा लम्सालको लोकप्रियता बढ्दै गयो । अनेरास्ववियु २० औँ राष्ट्रिय सम्मेलनबाट लम्साल केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभयो ।

२१ औं राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा लम्साल अनेरास्ववियुको अध्यक्षको प्रत्यासी हुनुहुन्थ्यो । नेकपा एमाले केन्द्रीय कृषि विभागको सचिवको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्नुभएको थियो । २०७४ साल मंसिर २१ गते सकिएको संघ र प्रदेश निर्वाचनमा लम्साल बाम गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो । उहाँले २७ हजार ६ सय २१ मत ल्याएर काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश १ बाट तत्कालिन प्रदेश नम्बर ३ हालको बागमती प्रदेश सभामा विजयी हुनुभएको थियो ।

लम्साल हाल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य तथा बागमती प्रदेश कमिटीको सचिबको भुमिकामा रहनुभएको छ । इमान्दार छवि भएका, प्रखर बक्ता, आफ्नो जिम्मेवारी र काम प्रति लगनशिल लम्साल प्रगतिशिल युवा राजनीतिकर्मीका रुपमा समेत पार्टीभित्र र बाहिर परिचित छन् । लम्सालले ब्यवस्थापन विषयमा स्नाकोत्तर र कानुन विषयमा स्नातक गर्नुभएको छ । सामान्य परिवारमा हुर्केका लम्साल हुने र गर्न सक्ने कामको मात्रै जनतालाई बचन दिनुहुन्छ ।

लम्साल आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा यो पटक पनि काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा १ बाट उम्मेदवार हुनुहुन्छ । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार लम्साल नेकपा (एकीकृत समाजवादी) को चुनाव चिन्ह कमल लिएर निर्वाचनमा होमिनु भएको हो ।

२०७४ को निर्वाचनबाट विजयी भएपछिको पाँच वर्षमा लम्सालले थुप्रै सम्झना योग्य काम आफ्नो निर्वाचन क्षेत्रमा गर्नुभएको छ । लम्सालको क्षेत्रमा भुम्लु गाउँपालिकाको १ देखि १० सम्मका पुरै वडा, पाँचखाल नगरपालिकाको १ देखि १३ नम्बरसम्मको पुरै वडा, मण्डनदेउपुर नगरपालिकाको ७ देखि १२ नम्बरसम्म र धुलिखेल नगरपालिकाको १ देखि ७ नम्बरसम्मका गरी जम्मा ३६ वटा वडा पर्दछन् ।

विकास निर्माणका हिसाबले अत्यन्तै पछि परेको भुम्लु गाउँपालिकामा लम्सालले कहिल्यै नबिर्सने विकास निर्माणको गुण लगाइदिनुभएको छ । पाँचखाल नगरपालिकामा शहरी सघन विकास कार्यक्रम अन्तर्गत एकैपटक ५० करोड लम्सालकै पहलमा आएको छ । मण्डनदेउपुर नगरपालिकामा ५ बेडको आधारभूत नगर अस्पताल लम्सालकै विशेष पहलमा निर्माण भएर सञ्चालनमा आएको छ । धुलिखेलका धेरै सडक सञ्जाल नपुगेको ठाउँमा सडक पुर्याउने काम लम्सालको ५ वर्षे कार्यकालमै भएका छन् ।

भुम्लु गाउँपालिका, पाँचखाल नगरपालिका, धुलिखेल नगरपालिका र मण्डनदेउपुर नगरपालिकामा बितेको पाँच वर्षमा आवश्यकताको आधारमा विकास निर्माणका काम सम्पन्न भएका छन् भने थुप्रै काम प्रारम्भ गरिएको छ । प्रारम्भ गरिएको काम पुरा गर्न पनि लम्साललाई विजयी गराउनुको विकल्प छैन् ।

Comments

comments