काभ्रे–१ प्रदेश सभा (क)का गठबन्धनको साझा उम्मेदवार तथा वागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले आगामी मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमनकारी उम्मेदवारलाई मत जानु खेरा गए सरह भएको बताएका छन् । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. १, वाङथलीमा गठबन्धनले आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै मतदाताहरुलाई यस्तो कुरा बताएका हुन् ।
उनले संविधानको रक्षा गर्नेलाई मत दिन समेत अनुरोध गरे । ‘प्रतिगमनकारीहरुलाई मत जानु पनि खेरा गए सरह हो । संविधान विरोधीलाई मत नजाओस् त्यो पनि खेरै गए सरह हुन्छ ।’ उनले भने, ‘त्यसकारण संविधान विरोधीहरुलाई मत नदिने, संविधानको रक्षा गर्नेहरुलाई मत दिने ।’
कार्यक्रममा मन्त्री ढकालले यस क्षेत्रका सबै प्रकारको विकासको कामहरु शुरुवात भएको बताउँदै आगामी सरकारले यहाँको विशिष्टतालाई मध्यनजर गरी योजना र बजेट तयार गर्ने प्रतिबद्धता जाहेर गरे । उनले गठबन्धनको उम्मेदवारहरुलाई जिताउने मात्र नभई अत्याधिक बहुमतले जिताउन मतदाताहरुलाई अुनरोध समेत गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















