नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य कृष्ण प्रसाद सापकोटाले ‘७० करोड बार्गेनिङ गर्नेलाई भोट दिएर सुशासन’ नआउने बताएका छन् । आज पाँचखालमा लोकतान्त्रिक बाम गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सापकोटाले यस्तो बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेता सापकोटाले सुशासनका लागि पनि ७० करोड बार्गेनिङ गर्नेलाई भोट दिन नहुने बताए । ‘जिल्लाको विकास गरेको भन्दै भ्रम छर्ने कोशिस गरिएको मैले पाएँ । तर सबै अरुले गरेका विकास निर्माणको जस लिएको मात्रै देखिन्छ र सुनिन्छ ।’ सापकोटाले भने ।
मन्त्री भैसकेको ब्यक्तिले गरेको विकास निर्माण भन्दा प्रदेश सांसदले गरेको विकास जनताले देखेको सापकोटाको भनाई छ । ‘अहिले जिल्लाको बदनाम बाहेक केही भएको छैन् । हिजो जिल्ला विकास समिति, नगरपालिका र प्रदेश सरकारले गरेका कामलाई नै मैले गरेको हुँ भन्दै संघमा जिताएर पठाएका ब्यक्ति हिडिरहेका छन् ।’ उनले भने, ‘तपाईहरु यस्ता कुराको भ्रममा नपर्नुहोला ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















