प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार बनेका माधव प्रसाद कँडेलले लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार सूर्यमान दोङ (लालध्वज)लाई सघाउने भएका छन् । सोमबार चौंरीदेउराली गाउँपालिका वडा नं. ६, कात्तिकेदेउरालीमा गठबन्धनले आयोजना गरेको चुनावी सभामा स्वतन्त्र उम्मेदवार कँडेलले गठबन्धनका साझा उम्मेदवार सूर्ययमान दोङ (लालध्वज) लाई सघाउने घोषणा गरेका हुन् ।

स्वतन्त्र उम्मेदवारका रुपमा आफ्नो चुनावी एजेन्डा र प्रतिवद्धता गठबन्धनका उम्मेदवारले पुरा गर्ने प्रतिवद्धता जनाएकोले उम्मेदवारी निष्कृय पार्दै गठबन्धनलाई सघाउने निर्णय गरेको उनले बताए ।

विकास र समृद्धि नै आफ्नो एजेन्डा भएको भन्दै उनले त्यसको लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई जिताउन आवश्यक रहेको बताए । राजधानीबाट नजिक भएपनि काभ्रे क्षेत्र नंं १ विकासमा पछि परेको भन्दै सो क्षेत्रको विकास लागि आफूले उम्मेदवारी दिएको बताएका थिए ।

कार्यक्रममा गठबन्धनका साझा उम्मेदवार लालध्वज, रत्न ढकाल लगायतका गबन्धनका नेताहरुले उनलाई स्वागत गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।