नेपाली कांग्रेस काभ्रेका सभापति एवं प्रदेश सभा १ (ख) का उम्मेदवार तिर्थ लामाले लोकतान्त्रिक–बाम गठबन्धनको पक्षमा उभिन गठबन्धन दलका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । गठबन्धनले चौरीदेउराली गाउँपालिका वडा नं. ६, कात्तिकेदेउरालीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतका तिता–मिठा अनुभवलाई विर्सेर नयाँ एकताका साथ अघि बढ्न सबैमा अनुरोध गरेका हुन् ।

‘यो सविधान च्यात्ने र संविधान जोगाउने विचको प्रतिस्पर्धा हो, प्रतिगामी र अग्रागामी राजनीतिक शक्तिविचको प्रतिस्पर्धा हो, गठबन्धन प्रति प्रतिवद्ध भएर यो क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार सुर्यमान दोङ र रत्न ढकाल र समानुपातिकमा आफ्नो पार्टीलाई मतदान गर्न अनुरोध गर्दछु ।’ उनले भने, ‘गठबन्धन विरुद्ध बोल्न, लेख्न कुनै पनि दलका कार्यकर्तालाई छुट छैन, विपक्षीसंग साठगाठ गर्ने, छलफल गर्ने, कुनै पनि दलका कार्यकर्ताको उचित मुल्यांकन हुन्छ, सामाजिक सञ्जालमा लेख्दा ध्यान दिनुहोला, पार्टी अनुशासन पालना नगर्ने नगर्नेलाई कार्वाही हुन्छ ।’

उनले संविधानको रक्षा, विकास, समृद्धी को लागि गठबन्धन भएको भन्दै आफूहरु निर्वाचित भएपछि काभ्रे जिल्लाको नाम बदनाम नगर्ने प्रतिवद्धता जनाए । सबै वर्ग, क्षेत्रलाई समेटेको संविधानको मर्म माथि एमालेले प्रहार गरेको भन्दै लामाले त्यसको रक्षाको लागि लोकतान्त्रिक–बाम गठबन्धन भएको बताए ।

Comments

comments