काभ्रे जिल्लाका लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारहरुले आफ्नो जीत सुनिश्चित भएको बताएका छन् । माओवादी केन्द्र पनौती नगर कमिटीले आयोजना गरेको उम्मेदवार भेटघाट तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धनबाट काभ्रे प्रतिनिधिसभा क्षेत्र नं। १ का साझा उम्मेदवार सुर्यमान दोङ (लालध्वज)ले मतदाताहरु आफुहरुसँग सन्तुष्टि देखिएकोले जित सुनिश्चित भइसकेको दावी गरेका छन् । ‘कति मतान्तरले जित्ने भन्ने मात्रै हो, हेर्न मंसिर ४ को प्रतिक्षामा रहेका छौं ।’ लालध्वजले भने । ‘काभ्रेको गठबन्धनको जितलाई अब कसैले रोक्न सक्दैन । जित सुनिश्चित भइसकेको छ ।’

उनले संविधानको गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको भन्दै प्रतिगमनको खतरा रहेसम्म गठबन्धन निरन्तर रहिरहने बताए ।

त्यस्तै काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं. २ का गठबनधनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईंले राजा महेन्द्र र एमाले अध्यक्ष केपी ओलीमा केही भिन्नता नभएको बताए ।

उम्मेदवार हुमागाईंले औचित्य र आवश्यकताको आधारमा जनताको हितमा भएको गठबन्धन पवित्र भएको बताए । उनले राजावादीलाई काँधमा बोकेर गरेको एमाले नेतृत्वको गठबन्धन अपवित्र भएको दाबी गरे ।

काभ्रे–१ को प्रदेश सभा (ख) का उम्मेदवार तिर्थ लामाले एमाले अध्यक्ष ओलीले संविधानको आभारभूत स्तम्भहरु भत्काउने काम गरेको बताए । उनले ओली अग्रमनतिर नभई प्रतिगमनको बाटो समतेपछि त्यसबाट देशलाई जोगाउनको लागि गठबन्धन भएको प्रष्ट पारे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।