नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव हितमान शाक्यले नेकपा एमालेभित्र राजा आऊ देश बचाउ भन्ने मान्छे मात्रै भएको बताएका छन् । काभ्रेको पनौती नगरपालिकामा माओवादी केन्द्रको नगरस्तीय कमिटिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताएका हुन् ।
एमालेबाट कोही भ्रममा नपर्न समेत शाक्यले अपिल गरे । ‘‘कोही मान्छे भ्रममा होलान्, तर धेरै बुझिसकेका छन्, एमालेमा अहिले ‘राजा आऊ देश बचाऊ’ भन्ने मान्छे मात्रै छन् ।’ उनले भने ।
माओवादी केन्द्र बागमती प्रदेशका इन्चार्ज समेत रहेका उनले एमाले अध्यक्ष केपी ओलीभित्र तानाशाही निरंकेश प्रवृत्ति भएको रहेको समेत औल्याए । ‘ओलीजीसँग तानाशाही र निरंकुश प्रवृत्ति देखियो, उहाँले तानाशाही प्रवृत्ति देखाएकै कारण आजको अवस्था आएको हो ।’ उनले भने ।
उनले मुलुकलाई संकट पर्दा जहिल्यै पनि कांग्रेस माओवादी एक ठाउँमा उभिएको इतिहास स्मरण गराए । मुलुकको विकास र संविधानमा भएको परिवर्तित व्यवस्थाको रक्षाका लागि सबैले आ–आफ्नो गुनासालाई छाडेर गठबन्धनका उम्मेदवारको चिन्हमा मतदान गर्न आग्रह गरे ।
उनले अहिलेको निर्वाचनको प्रणाली मुलुकले धान्न नसक्ने खालका भएकाले यसबारे अब छलफल र बहस गर्नुपर्ने समेत बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















