काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा १७ किमी सडक पिचको लागि करिब १ अर्ब बजेट विनियोज भएको छ । सो बजेट नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ का उम्मेदवार सूर्यमान दोङ (लालध्वज) र वगामती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री तथा प्रदेश सभा (क)का उम्मेदवार रत्न ढकालको विशेष पहलमा विनियोजन भएको हो ।
पिन्थली–राजाबस–भूमीचुली–बुढाखानी–देवीटार सडक, महाभारत गाउँपालिका शिर्षकमा ९८ करोड ७४ लाख १७ हजार ३०८ रुपैयाँ बजेट परेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले जानकारी दिए । उनका अनुसार सो बजेट स्वीकृत भइ ठेक्काको लागि बोलपत्र आव्हान समेत भएको छ । यो बजेटले १७ किलोमिटर सडक पिच हुने जिम्बाले बताए ।
यस अघि पनि ९ किलोमिटर सडक पिच गर्नका लागि दोङ र ढकालको विशेष पहलमा ४९ करोड बजेट व्यवस्था भई काम भइरहेको छ । यो सँगै अब २५ किलोमिटर सडक चाँडै नै पिच हुने अध्यक्ष जिम्बाले जानकारी दिए । ठेकेदारको ढिलासुस्तीका कारण सो सडक निर्माणमा ढिलाई भएपनि समय सिमा भित्र नै सडक पिच हुने उनले बताए ।
बजेट व्यवस्थापन सँगै उनले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), वागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र पाण्डे, पूर्व उर्जा राज्य मन्त्री दोङ र युवा तथा खेलकुद मन्त्री ढकाललाई समेत धन्यवाद दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्ः
‘लामो मेहनत पछि यहाँहरुले दिनु भएको बिश्वासलाई पुर्ण प्रतिबद्धता साथ पुरा गर्ने अभियानलाई सार्थक बनाउन महाभारतको समृद्धिमा महत्त्वपूर्ण फड्को मार्ने गरि महाभारत गा,पा,केन्द्र जोड्ने सडकको लागि इतिहासकै सबैभन्दा ठूलो बजेट सडक कालोपत्रे गर्न रु. ९८ करोड ७४ लाख १७ हजार ३०८ को बजेट तथा कार्यक्रम स्वीकृत भइ ठेक्का ब्याबस्थापन गर्न सफल भएकोमा महाभारत बासीहरु प्रति आभार प्रकट गर्दै यस महत्त्वपूर्ण हाम्रो प्रस्तावलाई सफल गराउन पहल गर्नु हुने माननीय युबा तथा खेलकुद मन्त्री रत्न ढाकाल र पुर्ब उर्जा राज्य मन्त्री सुर्यमान दोङ, विशेष भुमिका निभाउनु हुने पूर्वप्रधानमन्त्री पुष्पकमाल दाहाल (प्रचण्ड) बाग्मती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पान्डे आर्थिक मामिला मन्त्री सालिकराम जमरकटेल लागयत मन्त्रीज्यूहरु, योजना आयोगको माननीय सदस्य डा. रामकुमार फुयाँल ,डा. दिल बहादुर गुरुङ लगायत यस कार्यमा सहयोग गर्नु हुने सचिबज्यूहरु रास्ट्रसेबक कर्मचारीहरु पुर्बधार कार्यलाय काभ्रे लगायत सबैमा धन्यवाद । साथै अघिल्लो पटक ८.७ कि.मि. सडक कालोपत्रे गर्न ४९ करोड को ठेक्का भएको त्यो कार्य ठेकेदारको ढिलासुस्तीका कारण ढिलाइ भएपनि यो कार्य पुरा हुनेछ, यो सँगै महाभारत गा.पा.जोड्ने २५ कि.मि. सडक कालोपत्रे हुनेछ र हामी पनि हाम्रो पुस्तामा कालोपत्रे सडकमा हिन्ना पाउने छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















