नेपाली काँग्रेस काभ्रेका जिल्ला सभापति तथा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा (ख)का गठबन्धनको साझा उम्मेदवार तिर्थ लामाले आफ्ना पार्टी पंक्तिलाई टोल–टोलमा केन्द्रित हुन अपिल गरेका छन् । सभापति लामाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मंसिर १ गतेदेखि वडा र टोल स्तरमा केन्द्रित हुन अपिल गरेका हुन् ।

विज्ञप्तिमा पार्टीको जिल्ला पदाधिकारी तथा सदस्यहरु, महाधिवेशन तथा महासमिति सदस्यहरु, क्षेत्रिय पदाधिकारी तथा सदस्यहरु, गाउँ–नगर पदाधिकारी तथा सदस्यहरु, भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यरु, वडा कार्य समिति, क्षेत्रीय प्रतिनिधि लगायत सबै क्रियाशिल सदस्यहरुलाई वडा टोलमा केन्द्रि हुन लामाले निर्देशन दिएका छन् । उनले गठबन्धनका साझा उम्मेदवारालई अत्यधिक मतले गराउन र समानुपातिक तर्फ रुखमा मतदान गर्न समेत अनुरोध गरेका छन् ।

‘यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई प्रभावकारी परिचालन, प्रचार प्रसार र व्यवस्थापन गर्नको लागि यही मंसिर १ गतेदेखि वडा र टोल स्तरमा केन्द्रीत हुन पार्टी जिम्मेवारीमा रहेका सम्पूर्ण साथिहरु (जिल्ला पदाधिकारी तथा सदस्यहरु, महाधिवेशन तथा महासमिति सदस्यहरु, क्षेत्रीय पदाधिकारी तथा सदस्यहरु, गाउँरनगर पदाधिकारी तथा सदस्यहरु, भातृ एवं शुभेच्छुक संस्था पदाधिकारी तथा सदस्यहरु, वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि लगायत सम्पूर्ण क्रियाशिल सदस्य) लाई निर्देशन गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा प्रत्यक्ष तर्फ गठबन्धनका साझा उम्मेदवारलाई अत्यधिक मतले विजय गराउन र समानुपातिक तर्फ रुख चिन्हमा मत संकलन गर्न सकृयताका साथ भूमिका निर्वाह गर्नुहुन समेत अनुरोध छ । जय नेपाल ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।