शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘बा’ प्रवृत्तिविरुद्ध गठबन्धन भएको बताएका छन् । मंगलबार गलकोटमा घरदैला तथा कोण सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीको “बा” प्रवृत्तिविरुद्ध ५ दलीय गठबन्धन भएको जिकिर गरेका हुन् ।
“केपी ओली प्रतिगमनकारी हुन्,” उनले भने, “संविधान मिच्ने, छोराछोरीले भनेको मात्रै सुन्न र न्यायलयमाथि हमला गर्ने केपी ओली “बा” प्रवृत्तिविरुद्ध पाँच दलीय गठबन्धन भएको हो ।” प्रधानमन्त्री ओलीका ४ गल्तीले देश दुर्घटनाको बाटोमा गएको उनले आरोप लगाए ।
ओलीले संविधानको चिरहरण गरी दुई दुई पटक जनप्रतिनिधिको सर्वोच्च थालो संसद विघठन गर्ने, आफ्नै नेतृत्वको नेकपा फुटाउने, न्यायलयमाथि हस्तक्षेप गर्ने र राष्ट्रपति पदको दूरुपयोग गरी संविधान कुल्चनेलगायतका काम गरेको उनको आरोप छ । पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण निर्वाचन समयमै भएको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















