काठमाडौं। निर्वाचन आयोगले निर्वाचन स्थिर समयमा के गर्न पाइन्छ, के पाइँदैन भनी स्पष्ट पारेको छ । निर्वाचन आयोग नेपालका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडियोमार्फत स्थिर समयलाई स्पष्ट बनाएको बताए ।
कानुनले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडिदेखि पूर्णरूपमा निषेध गरेको छ । आयोगले मङ्सिर १ गते राति १२ बजेदेखि सम्पूर्ण प्रचारप्रसारका काम बन्द हुने भएकाले यो समयलाई स्थिर समयको रूपमा लिएको उनी बताउँछन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















