नेपाली काँग्रेस काभ्रेका जिल्ला सभापति तथा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा (ख)का उम्मेदवार तिर्थ लामाले आफ्नो जीत पछि पूर्वाधार विकास प्रति आफ्नो प्रतिबद्धता रहेको बताएका छन् । निर्वाचन प्रचार–प्रसारको अन्तिम दिन आज धुलिखेल नगरपालिकाको गठबन्धनतर्फको निर्वाचन परिचालन समितिको आयोजनामा धुलिखेल नगरपालिकाको वडा नं ९ र ११ मा सञ्चालन गरिएको कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार लामाले उक्त कुरा बताएका हुन् ।

गठबन्धनको आवश्यकता र औचित्यबारे प्रकाश पार्दै उम्मेदवार लामाले पूर्वाधार विकासप्रति आफ्नो प्रतिबद्धता जनाएका छन् । कोण सभालाई सम्बोधन गर्दै उनले जिल्लास्थित वि.पी. र अरनिको राजमर्गलाई जोड्ने सितलबस्ती–ठूलीटार–तिनपिप्ले र तिनपिप्पले–कल्छेवेशी–डाडागाउँ–दुई सडकको स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गरे । यसका साथै खानेपानी, मठमन्दिरको संरक्षण लगायत पूर्वाधार विकास गर्ने उनले बताए । नगरको निर्वाचन परिचालन समितिले आज कोण सभासँगै मतदाता शिक्षा, उम्मेदवारसँग अन्र्तक्रिया र धुलिखेल नगरपालिका वडा नं ८, ९, १०, ११ र १२ मा र्‍याली पनि सञ्चालान गरेको छ ।

कोण सभा कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति तीर्थ पसखल, जिल्ला सचिव गुणराज मुक्तान, कोषाध्यक्ष जगन्नाथ गिरी, सह–सचिव रविन्द्र सिग्देल, काँग्रेस नेताहरु इश्वरी ओझा, रामकृष्ण हुमागाई, उद्धव कोइराला, नेपाली कांग्रेस धुलिखेल नगरपालिकाका सभापति बिदुर बस्नेत, माओवादी केन्द्रका नेता पृथ्वी थापा, कविता शर्मा, बाबुराम तामाङ, वडा सभापति नारायण ओझा लगायत ठूलो जनसहभागीता रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।