निर्वाचनको संघारमा काभ्रेको धुलिखेल नगरपालिका वडा नं १० स्थित बतासेमा नेकपा एमालेका एक दर्जन क्रियशिल युवाहरु पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । धुलिखेल नगरपालिका वडा नं १० मा आयोजित एक कार्यक्रमको अवसरमा नेकपा एमालेकी नेत्तृ एवं एकल महिला समुहको जिल्ला सचिव कुमारी थापाको नेत्तृत्वमा दर्जनौं कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

त्यस्तै धुलिखेल नगरपालिका वडा नं ११ मा आयोजित कोण सभा कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं ९ का नेता दिनेश गौतम नेपाली कांग्रेस प्रवेश गरेका हुन् । गौतम स्थानीय तह निर्वाचन २०७४ मा नयाँ शक्ति पार्टीबाट वडा अध्यक्ष उम्मेदवार थिए ।

लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट काभ्रे–१, प्रदेश सभा (ख) का साझा उम्मेदवार रहेका कांग्रेस जिल्ला सभापति तिर्थ लामाले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशीले एमालेले झुटको खेती गरेको, व्यक्तिवादी प्रवृती हाबी भएकोेले एमाले परित्याग गरेको बताए ।

कांग्रेस जिल्ला सभापति लामाले नवप्रवेशीलाई स्वागत गर्दै कांग्रेसले सबैको अधिकारको लागि लड्ने भन्दै लोकतान्त्रिक–बाम गठबन्धनलाई जिताउन अनुरोध गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।