काभ्रे जिल्लामा मतगणना अझै पनि शुरु भएको छैन । मतदान सम्पन्न एको २८ घण्टा वित्दा समेत मतगणना शुरु नभएको हो ।

प्रतिनिधिसभा १ को मतपेटिका ढिला जम्मा भएको कारण मतगणना सुरु नभएको भनिएता पनि पतपेटिका आइपुगे पनि गणना शुरु भएको छैन ।

प्रतिनिधि सभा २ को मतगणना बेलुका ६ः३० बजे गर्ने सर्वदलीय मिटिङको निर्णय कार्यान्वयन भएन । अहिलेसम्म पनि मत गणना हुन सकेको छैन ।

प्रतिनिधिसभा २ को सर्वदलीय बैठक १० बजेका लागि बोलाएको पनि समयमा दिउँसो ३ बजे मात्र भएको थियो । निर्वाचन आयोगको व्यवस्थापन निक्कै फितलो भएकोले मतगणना शुरु नभएको दलहरुले जनाएको छ ।

उता प्रतिनिधि सभा १ को भने राती ११ बजेबाट गणना शुरु गर्ने सहमति भएको छ ।

Comments

comments