काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरू भएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतगणना सुरु भएको हो । प्रतिनिधि सभाको मतगणना सकिएपछि मात्रै प्रदेश तर्फको मतगणना हुनेछ ।
मतगणना धुलिखेल शिक्षा तालिम केन्द्रमा सुरू भएको हो । वडागत रूपमा मतगणना गर्ने दलहरूबीच सहमति भएको छ ।
साँझ ६:३० बाट मतगणना गर्ने सहमति भएको थियो । तर भर्खरै सुरु भएको हो ।
बेथानचोक गाउँपालिकाबाट मतगणना थालिएको छ । वडा नम्बर १ को मतगणना थालिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















