काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले लैंगिक हिंसाको अन्त्य तेमाल गाउँपालिकाबाट गर्ने उद्घोष गरेका छन् । गाउँपालिकाको आयोजनामा ‘लैंगिक हिंसा विरुद्धको अभिायन’को उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लामाले यस्तो उद्घोष गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष लामाले लैंगिक हिंसाको अन्त्य गर्न यो कार्यक्रम सफल हुनेमा विस्वास व्यक्त गरे । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाबाट लैंगिक हिंसा अन्त्य गर्न गाउँपालिकाले विभिन्न कार्यक्रमहर अघि सारेको उनले प्रष्ट पारे ।
‘संसार ज्ञानको भण्डार हो, ज्ञानको भण्डारहरुबाट थोरै मात्रमा भएपनि ती ज्ञानहरु हामीले प्राप्त गर्न सक्यौं भने हामीले मानव जीवनमा धेरै सार्थकता ल्याउन सक्छौं । संसारमा भएका ज्ञानहरु लिएर बाँड्न हामी तपाईहरु माझ आएका छौं । आफूले पाएको ज्ञान चेतना गाउँघरमा फैलाउन सबै दिदीबहिनीहरुलाई अनुरोध गर्दछु ।’ अध्यक्ष लामाले भने, ‘यो कार्यक्रमले महिला विरुद्धको हिंसा अन्त्य गर्न सफल होस्, यसको शुरुवात काभ्रे जिल्लाको तेमाल गाउँपालिकाबाट नै शुरु होस्, पूर्ण रुपमा लैंगिक हिंसाको अन्त्य होस भन्ने शुभकामना दिन चाहन्छु ।’
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अध्यक्ष लामाले ‘लैंगिक हिंसा विरुद्धको अभियान’ अन्तर्गत अन्तरक्रिया कार्यक्रमको एक कार्यक्रमका बीच विहिबार उद्घाटन गरेका छन् । वडा नं. १, २ र ३ लाई लक्षित केन्द्रित कार्यक्रमको अध्यक्ष लामाले उद्घाटन गरेका हुन् ।
गाउँपालिकाको आयोजनामा ‘सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभिायन’ भन्ने मूल नाराका साथ यो अभिायन शुरु भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिएका छन् ।
स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केदार ढकाल, वडा नं. १ का वडा अध्यक्ष इन्द्र अधिकारी, तेमाल गाउँपालिकाका कार्यपालिका सदस्य छ्योइसाङ तामाङ, वडा नं. २ का वडा सदस्य धनवीर तामाङ, वडा नं. ३ का वडा सदस्यद्वय कर्मध्वज लामा र बिरास तामाङ, शिक्षा शाखा सहायक भिम दोङ, महिला तथा बालबालिका शाखा प्रमुख दिपा नेपाली, मुख्य प्रशिक्षक मिरा निरौंला लगायतका सहभागी थियो ।
कार्यक्रममा जनप्रतिनिधि, न्यायिक निकाय (मेलमिलापकर्ताहरु), सरकारी कर्मचारी, विद्यालय नर्स, महिला स्वास्थ्य स्वयमसेविका तथा प्रहरी कर्मचारीहरुको सहभागी थियो ।
कार्यक्रम शुक्रबार वडा नं. ४, ५, ६ र ७ को संयुक्त रुपमा तेमाल गाउँपालिका कार्यालय पोखरी नारायणस्थान र शनिबार वडा नं. ८ र ९ को लागि मेच्छेपौवा सामुदायिक स्वास्थय इकाईमा हुने महिला बालबालिका शाखा प्रमुख दिपा नेपालीले जानकारी दिएका छन् ।
याे पनि पढ्नुहाेस्:
तेमालमा लैंगिक हिंसा सम्बन्धि अन्तरकृया हुने
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























