काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कविता प्रतियोगित हुने भएको छ । ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार’ भन्ने राष्ट्रिय नारा सहित तेमाल गाउँपालिकाका शिक्षिकाहरूबाट कविता प्रतियोगिता हुन लागेको हो ।
आगामी फागुन २४ गते बुधवारका दिन ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हुन लागेको सो प्रतियोगितामा महिलाहरुले मात्र भाग लिन पाउने प्रमुख प्रशासकीय अधिकृत केदार ढकालले जानकारी दिए । ढकालका अनुसार प्रतियोगितामा नारी दिवससँग सम्बन्धित रहेर लेखिएको कविता मात्र समावेश हुने छ । कार्यक्रम सफल बनाउन गाउँपालिका भित्रका स्वास्थ्य स्वयंमसेविका, विद्यालयमा कार्यरत शिक्षिकाहरु, सरकारी कर्मचारीहरु र जनप्रतिनिधिहरुलाई सहभागीताको लागि गाउँपालिकाले आमन्त्रण समेत गरेको छ ।
प्रतियोगितामा प्रथम हुनेले रु. ८०००÷–, द्वितिय हुनेले रु. ६०००÷–, तृतिय हुनेले रु. ४०००÷– र सान्त्वना हुनेले रु. २०००÷– नगद सहित प्रमाण–पत्र पाउने प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए ।
कार्यक्रम आगामी फागुन २४ गते बुधबारका दिन तेमाल–५, नारायणस्थान मा.वि. पाटीचौरमा हुने जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।