-बलराम तिमल्सिना

एउटा क्रान्तिकारी पार्टी विचलित भएर पूँजीवादी पार्टीमा फेरियो भने त्यसको सबैभन्दा खराब असर पहिले कसलाई पर्छ भन्ने कुरा निकै महत्वपूर्ण हुने रहेछ । अझ एउटा युध्दरत पार्टी युध्द बिसाएर शान्ति प्रक्रियामा आउने र पुरानै नेतृत्वकै कार्यकालमा त्यो पार्टी प्रतिक्रियावादी पार्टीमा फेरिने भयो भने त्यसको दुष्परिणाम निकै भयावह हुने रहेछ । नेपालमा संचालित जनायुध्द र त्यसको नेतृत्वकर्ता पार्टी र त्यसको मूल नेतृत्वको अन्तिम परिणति हेर्दा त्यो कुरा सहजै अनुमान गर्न सकिन्छ ।

आधारभूत वर्गबाट आएका कार्यकर्ताले पूजीवादी प्रतिस्पर्धा गर्न नसक्ने हुन थाल्छ र तिनीहरु आफैले त्याग तपस्या गरेर हुर्काएको पार्टीको ढोकाबाट रुदै रुदै पूजीपतिलाई पार्टी जिम्मा लगाएर हिड्नु पर्ने परिस्थिति सिर्जना हुन्छ ।

सबैभन्दा पहिलो मारमा आधारभूत वर्ग: एउटा श्रमजीवी वर्गको पार्टी पतन भएर जव दलाल पूँजीपति वर्गको हित रक्षा गर्ने संसोधनवादी पार्टीमा बदलिन्छ त्यसपछि त्यसको प्रत्यक्ष पहिलो मार सर्वहारा श्रमिक वर्गबाट आएका समर्थक शुभेच्छुक तथा नेता कार्यकर्तामा पर्छ । पार्टीमा बिस्तारै सम्पतिवालहरूको बोलवाला बढ्दै जान थाल्छ । नेताहरूको उठ बस अभिजात वर्गसंग हुन थाल्छ । खान (पिन ,लुवाई – खुवाईमा बदलाव आउन थाल्छ । पैसाको खोलो बगाएर टिकट किन्ने र चुनाव जित्ने हुन थाल्छ ।

आधारभूत वर्गबाट आएका कार्यकर्ताहरुको व्यवस्थापनको एजेन्डा पार्टीको वैठकको एजेन्डा हुन छोड्छ । आधारभूत जनताका रोजी रोटीका सवाल लिएर आन्दोलन गर्ने भन्ने कुरा हराउन थाल्छ । संगठनमा पदोन्नती लगाएतमा नव आगन्तुक गैर सर्वहारा प्रतिनिधि हरूको हाइ हुकुम बढ्न थाल्छ । आधारभूत वर्गबाट आएका कार्यकर्ताले पूजीवादी प्रतिस्पर्धा गर्न नसक्ने हुन थाल्छ र तिनीहरु आफैले त्याग तपस्या गरेर हुर्काएको पार्टीको ढोकाबाट रुदै रुदै पूजीपतिलाई पार्टी जिम्मा लगाएर हिड्नु पर्ने परिस्थिति सिर्जना हुन्छ ।

माओवादी आन्दोलनको मूख्य नेतृत्वले चलाएको एउटा धाराको हविगत अहिले त्यहि भएको छ । अन्तमा त्यहि पूजीवादी पार्टी पनि सहि तरिकाले संचालन गर्न असफल भए पछी प्रचण्डले आफ्नो पार्टीलाई टाट पल्टेको घोषणा गरेर एमाले नाम गरेको पार्टीमा विलय गराएका छन् ।

दोस्रो मारमा महिला: क्रान्तिकारी पार्टी जब संसोधनवादी पार्टीमा बदलिन्छ त्यसको अर्को प्रत्यक्ष मारमा महिलाहरू पर्ने गर्छन । युध्द चलेको समयमा पुरुष सरह योगदान गरेका र पार्टी सेना र सत्तामा झन्डै समान सहभागिता जनाएका महिलाहरू पार्टीले रंग बदले पछी एकाएक निरिह बन्न पुग्छन । अव पार्टीमा उनीहरुको खोजीनिती हुन छोड्छ । उनीहरुको भूमिका ह्वात्तै घटना पुग्छ । पार्टीमा महिलाहरूलाई नेतृत्वमा विकास गर्ने कुरा एकादेशको कुरा हुन थाल्छ । उनीहरू वर्वाद भएको जिन्दगि सम्झदै घर परिवारमा फर्कन वाध्य हुन्छन ।

एउटा पूजीवादी बाटोमा पटना भएको पार्टीले महिलाहरूको बिकासको लागि नसोच्ने मात्र होइन अझ उनीहरूको प्रगतिको बाटो छेक्ने र उनीहरूमाथि पूजिपतिले गर्ने खाले सवै प्रकारका शोषण , दमन, भेदभाव र उत्पीडन पनि सुरु गर्छर पुरुष नेताहरूले लुकाएर तरुनी स्वास्नी राख्ने र घरमा समेत दमन गर्ने काम गर्न सुरु गर्छन । पार्टीभित्र महिलाहरूले पदोन्नती लगायतका अवसरहरू प्राप्त गर्न नेतृत्वको यौनदासी समेत बन्नु पर्ने स्थिति पैदा हुन पुग्छ । त्यसपछी उनीहरूले पनि आफैले रगत पसिना खर्चेर निर्माण गरेको पार्टी परित्याग गर्नु पर्ने स्थिति सिर्जना हुन्छ ।

तेस्रो मारमा दलित: एउटा क्रान्तिकारी पार्टी जव प्रतिक्रियावादी पार्टीमा फेरिन्छ, तव त्यसको दुश्परिणामको शिकार हुनेहरूको पंक्तिमा दलितहरू आइपुग्छन । पार्टी क्रान्तिकारी हुन्जेल उनीहरूमाथिको उत्पीडन ह्वात्तै घटेको हुन्छ । एउटा क्रान्तिकारी पार्टी हुनुको नाताले उनीहरूलाई नेतृत्वमा विकास गर्न पार्टीले मनग्गे ध्यान दिएको हुन्छ । क्रान्तिको उभारको समयमा उनीहरु अरु जातिका कमरेडहरू संगै वर्ग संघर्षमा हुन्छन।

आफ्नो वर्ग धरातलबाट चिप्लिएर जव त्यो पार्टी पूजिवादमा पतन हुन्छ त्यसपछि ति उत्पीडित समुदायको आवाज त्यो पार्टीमा उठ्न रोकिने रहेछ ।

भात( भान्सालगायतमा उनीहरुमाथि लगाइएको प्रतिबन्ध कहिँ हटेको र कहिँ खुकुलो भएको हुन्छ रउनीहरूलाई सम्मानजनक व्यवहार गरिन्छ र उनीहरुको अन्य जातिसग बिबाह समेत हुन सुरु गर्छ। तर जव त्यहि पार्टी प्रतिक्रियावादी बन्दछ , आफ्नै पार्टी भित्र उनीहरूका दुखका दिन सुरु हुन्छन । उनीहरु माथि उही पुरानै भेदभाव र उत्पीडन थोपरिन्छर पार्टी संगठनमा उच्च जात भनिएका हरूको बोलवाला बढ्न थाल्छ र उनीहरु फर्केर समाजमा जान्छन र एउटा अपुरो

क्रान्तिले सामाजीक रुपान्तरण गरेको हुदैन । गाउ समाजमा उनीहरुमाथि पहिलेकै उच नीचको व्यबहार गरिन्छ । समानता र मुक्तिको महान सपना देखेर मर्न तयार भएका दलित कार्यकर्ताहरू उही पुरानै दुखको भारी बोकेर हिड्न वाध्य हुन्छन ।

चौथो मारमा मधेशी जनजाति र अन्य अल्पसंख्यक समुदायहरू: सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने एउटा क्रान्तिकारी पार्टी जव साम्राज्यवादको घरेलू नोकरमा फेरिन्छ त्यसको सिधा मारमा पर्नेहरूमा हाम्रो जस्तो देशमा मधेशी, मुस्लिम ,अल्प संख्यक जति , अल्प संख्यक भाषिक तथा धार्मिक समुदाय समेत पर्ने रहेछन ।

पार्टी क्रान्तिकारी रहेको समयमा उक्त पार्टीले ति समुदायको हक हित आत्मसम्मान र मुक्तिको लागि सचेत पहल लिने रहेछ र ति समुदायहरू क्रान्तिमा लामवध्द हुने रहेछन । आफ्नो वर्ग धरातलबाट चिप्लिएर जव त्यो पार्टी पूजिवादमा पतन हुन्छ त्यसपछि ति उत्पीडित समुदायको आवाज त्यो पार्टीमा उठ्न रोकिने रहेछ । आफ्नो आवाज पार्टीभित्र उठ्न रोकिएपछी तिनीहरू अन्य अवसरवादी शक्तिको भ्रममा परेर छिन्न भिन्न हुने रहेछन ।

नेपालको माओवादी आन्दोलनको क्रमागत बिघटन पछी अहिले मधेशको हालत त्यस्तै देखिन्छ । कुनै समय माओवादीको वरिपरी संगठित भएको मधेश आज कसरि गैर कम्म्युनिस्टहरूको हातमा पुग्यो भनेर हेर्ने हो भने यहि कुरा बुझ्न सकिन्छ ।

घाइते तथा अपाङ्गहरु पार्टीको निगाह थप्ने मगन्ते हुन विवस भए, हजारौ कार्यकर्ताहरु छिन्न भिन्न र चिहिल बिहिलको हालतमा पुगे । माओवादीले आफ्नो मुक्तिको लागि केहि गर्छ भनेर जम्मा भएका जनताहरू निराश भएर अरु पार्टीको शरणमा पर्नु पर्ने हालत भयो ।

जव पुरानै नेतृत्व पतित हुन्छस् एउटा क्रान्तिकारी पार्टीको नेतृत्व उमेरको कारणले मर्यो , जेल पर्यो या उसले सिधा अब म कम्युनिस्ट होइन भनेर पलायन भयो भने त्यस भित्र रहेका कार्यकर्तालाई आफ्नो बाटो रोज्न सजिलो हुने रहेछ । तर एक जमानामा क्रान्तिको नेतृत्व गरेकै व्यक्ति भित्र भित्रै पूँजीवादमा पतन भयो भने उसले दशकौं सम्म त्यो कुरा लुकाएर राख्ने रहेछ ।

उसले बिस्तारै बिस्तारै कार्यकर्ताले सकभर थाहा नपाउने गरी आन्दोलनलाई बिसर्जनामा लैजाने रहेछ र उसले चरम प्रतिक्रियावादी निर्णय लिदा पनि त्यसभित्रको विशाल पंक्ति त्यसको समर्थन गर्ने हालतमा पुग्ने रहेछ र हिजो रुसमा प्रतिक्रान्ति हुँदा किन एक जना पनि लाल सेनाले प्रतिरोध गरेन होला भनेर सोचिन्थ्यो। हिजो माओको मृत्यु पछि माओ स्वयमले हुर्काएको रेड गार्डले किन एक गोलि पनि खर्च गरेन होला भनेर सोचिन्थ्यो ।

आज त्यहि कुरा नेपालमा घट्यो । दश वर्ष लामो जनयुध्दको समयमा त्याग तपस्या र वीरता प्रदर्शन गरेको जनमुक्ति सेना सरकारी सेना बन्न नपाउदा धुरु धुरु रुने हालतमा पुग्यो । त्यसभित्रको विशाल पंक्ति अयोग्य लडाकुको कलङ्क बोकेर निस्तेज हुन वाध्य पारियो । घाइते तथा अपाङ्गहरु पार्टीको निगाह थप्ने मगन्ते हुन विवस भए, हजारौ कार्यकर्ताहरु छिन्न भिन्न र चिहिल बिहिलको हालतमा पुगे । माओवादीले आफ्नो मुक्तिको लागि केहि गर्छ भनेर जम्मा भएका जनताहरू निराश भएर अरु पार्टीको शरणमा पर्नु पर्ने हालत भयो ।

यति भैसकेर पनि स्एति ठूलो बिचलन र बिघटन भै सकेर आफैले दशकौंदेखि प्रतिक्रियावादी भनेर थुकेको पार्टीमा पुगेर विलय हुने समय आउदा पनि यसभित्रका बर्गोत्थान गर्न सफल नेताहरू र तिनको भजन गाएर आफ्नो दुनो सोझ्याउन सिपालु तथा थरि थरिका धन्दामा निर्लिप्त भएका मानिसहरुका लागि यहि पार्टी असाध्यै महान हुन पुगेको छ। उनीहरु मुक्त कण्ठले यो विचलनको मौसममा खुसियालीको गीत गाइरहेका छन् ।

अहिले पनि यो पार्टी छोड्न पनि नसक्ने र रमाउन पनि नसक्नेहरूको विशाल पंक्ति यही पार्टीमा निराश र हताश भएर बसेको छ । यसरी निराश र उदाश भएर बसेका कार्यकर्ताहरू प्राय सबै आधारभूत वर्गबाट आएका छन् । यो पार्टीबाट सबै भन्दा बढी निराश श्रमिकहरू छन् , महिला र दलितहरू छन्, मधेशी मुस्लिम जनजाति र अल्पसंख्यक समुदायबाट आएका कार्यकर्ताहरू छन् ।

जसरी कुनै देशमा प्रतिक्रान्तिकारी युध्द भयो भने त्यो देशका श्रमिकहरू तोपको पहिलो निशाना बन्छन , तिनका नानीहरु भोकको पहिलो शिकार बन्छन , तिनका श्रीमती र छोरीहरूको अस्मिता पहिले बलिवेदीमा चढछ र तिनीहरूको घरावारको बेहाल हुन्छ, ठिक त्यसै गरी एउटा क्रान्तिकारी पार्टी प्रतिक्रियावादी हुनु भनेको पनि श्रमिकहरूको संगठन उनीहरूको वर्गीय दुश्मनले षडयन्त्रपूर्ण तरिकाले कब्जा गर्ने घटना नै हो ।

त्यसै भएको हुनाले श्रमिक वर्गको पार्टी पतन भएपछी सवै भन्दा बढी दुख अपमान र सास्ती त्यहि वर्गले भोग्ने रहेछ । माओवादी केन्द्र नामको पार्टी पतित र विचलित हुदै खुल्लमखुल्ला बिघटनको घटनासम्म आइपुग्दा त्यसभित्र रहेका श्रमिक वर्गका कार्यकर्ताको जिन्दगीको हालत अहिले ठिक यहि अवस्थामा छ ।

Comments

comments