काभ्रे जिल्ला अदालतबाट १ वर्ष भित्रमा १९ सय १५ वटा मुद्दा फछ्र्यौट भएको छ । जिल्ला अदालतका स्रेस्तेदार गोविन्द प्रसाद घिमिरेका अनुसार यो तथ्यांक २०८० साल जेठ १६ गतेसम्मको हो ।

घिमिरेका अनुसार गत वर्षबाट जिम्मेवारी सरेको १५ सय ५५ र यस वर्ष दर्ता भएका १६ सय ३५ गरी जम्मा मुद्दा ३ हजार १ सय ९० वटा मुद्दा रहेको थियो । त्यस मध्ये १ हजार ९ सय १५ अर्थात ६० प्रतिशत मुद्दा फछ्र्यौट भएको छ ।

अदालतले बनाएको वार्षिक कार्यान्वायन योजनाको लक्ष्य अनुसार करिब ९० प्रतिशत मुद्दा फछ्र्यौट भएको स्रेस्तेदार घिमिरेले जानकारी दिए ।

यसैबीच २०८० असार मसान्तसम्म २ वर्ष नाघ्ने ४ सय ६५ वटा मुद्दा मध्ये ३ सय ९५ मुद्दा फछ्र्यौट भएको घिमिरेले जानकारी दिए । उनका अनुसार अब २ वर्ष नाघेका मुद्दा ७० थान मात्र बाँकी रहेकोले न्यायमा शिघ्रता आएको देखिन्छ ।

उक्त ७० थान मुद्दा पनि सरोकारवाला निकायको साथ र सहयोगमा शुन्यमा झार्ने रणनीतिका साथ जिल्ला अदालत क्रियाशिल रहेको उनको दावी रहेको छ ।

सर्वोच्च अदालतको (२–०) रणनीति अनुसार जिल्ला अदालतमा काम भैरहेको स्रेस्तेदार घिमिरेको भनाई छ ।

यसैबीच अदालतलाई सेवाग्राही मैत्री बनाउन लागेकै कारण राम्रो परिणाम हासिल भएको सूचना अधिकारी शाखा अधिकृत अप्सरा चापागाईले बताईन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।