काभ्रे जिल्लामा राष्ट्रिय परिचत पत्रको कार्य अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगन भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले विहिबार (आज) एक सूचना जारी गर्दै स्थगन भएको जानकारी दिएका छन् ।

‘राष्ट्रिय परिचय पत्र तथा पंजिकरण विभागको केन्द्रीय Server मा समस्या देखिएको कारण राष्ट्रिय परिचय पत्रको Online सेवा अवरुद्ध हुन गएकोले यस कार्यालयबाट दर्ता गरिने राष्ट्रिय परिचय पत्रको कार्य आज मिति २०८०/०२/१८ गते देखि अर्को सूचना जारी नहुन्जेल सम्मका लागि स्थगन गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

यस्ताे छ सूचना

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।