वागमी प्रदेशसभा सदस्य तथा माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतक रत्नप्रसाद ढकालले वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रमले जनताको आसा, विश्वास र भरोसा बोकेको बताएका छन् । शुक्रबार संसदमा नीति तथा कार्यक्रम माथि छलफलको क्रममा सांसद ढकाल यस्तो बताएका हुन् ।

‘यो नीति तथा कार्यक्रम उत्कृष्ट छ, नीति तथा कार्यक्रमले जनताको आवाज बोलेको छ, नीति तथा कार्यक्रमले वागमती प्रदेशको बस्तुगत अवस्था बोलेको छ, नीति तथा कार्यक्रमले जनताको आशा भरोसाहरु समेटिएको छ ।’ सांसद ढकालले भने, ‘नीति तथा कार्यक्रम आधारभूत जनताका जो हामीले भनेका सबै सिमान्तकृत, गरिब, निमुखा, दुखी सबै जनताको आसा विश्वास र भरोसा बोकेको छ । हामी त्यता तिर प्रवेशै गर्न चाहदैनौं ।’

प्रतिपक्ष दललाई ईंगित गर्दै उनले नीति तथा कार्यक्रम माथि छलफल गर्नुको सट्टा विषयान्तर गरेको प्रति दुःख समेत व्यक्त गरे ।

ढकालले संसदमा के–को बोलेका थिए ?

राम्रो बहस भइरहेको छ । प्रदेश सभाको ध्यान कता तिर छ ? कता केन्द्रित भइरहेको छ, वागमती प्रदेशका जनताको ध्यान केन्द्रित भएको छ । हामीले नीति तथा कार्यक्रम माथि छलफल गरिरहेका छौं ।

हामीलाई के सिद्धान्त र प्राथमिकता कति राम्रो बनाउने हामीलाई त्यतातिर चिन्ता छैन । हामीलाई नीति तथा कार्यक्रम भित्र पस्नै चाहँदैनौं । अब हाम्रो ध्यान बजेटमा केन्द्रित छ । हाम्रो बजेट कसरी विनियोजन हुन्छ ? त्यो आधारमा मात्रै हामी नीति तथा कार्यक्रमको बारेमा बोलौंला या नबोलौंला । हामी समर्थन या विरोध त्यसपछि गरौंला । हाम्रो अभिव्यक्तिहरु यसरी आइरहेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा अभ्यास प्रदेश सरकार अहिले जसले यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई हामीले स्वीकार गरिरहेका छैनौं, कि वागमती प्रदेशका जनताबाट निर्वाचित भएर हामी यहाँ उपस्थित भएका छौं । अनि जनताहरुको आशा अपेक्षा विश्वास भरोसा कोसँग रहेछ ? संघीय सरकारसित बढी छ या प्रदेश सरकारसित ? स्थानीय तहको सरकार जो आफैमा एउटा सरकार हो, आज स्थानीय सरकार कता फर्किरहेको छ ? संघ तिर या प्रदेश ति ? प्रदेश तिरको विश्वास जागेको छ ।

हामी नीति तथा कार्यक्रममा प्रवेश हुनै चाहेनौं । हामीले भन्दा हुन्थ्यो नि नीति तथा कार्यक्रम भित्र यति सकारात्मक विषयहरु पनि आए । राम्रा विषय वस्तुहरु पनि आए । सँगसँगै त्यो नीति तथा कार्यक्रमलाई ब्यबहारतः कार्यान्वायन गर्नका निम्ति बजेट मार्फत कार्यान्वायन गर्ने दिशामा प्रदेश सरकार अगाडि बढोस भनेर ध्यानाकर्षण गराउन चाहन्थ्यौं । हामी त्यता तिर गएनौं, हामीले राजनीतिक विषय बस्तु मात्र उठान गर्‍यौं । प्रदेश सरकारको विषयमा बोल्दा हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय विषय बस्तुहरुलाई ल्याएर नीति तथा कार्यक्रमलाई विषयान्तर गर्न खोजिरहेका छौं ।

किनभने नीति तथा कार्यक्रममा प्रवेश गर्दाखेरी त यो नीति तथा कार्यक्रम उत्कृष्ट छ, नीति तथा कार्यक्रमले जनताको आवाज बोलेको छ, नीति तथा कार्यक्रमले वागमती प्रदेशको बस्तुगत अवस्था बोलेको छ, नीति तथा कार्यक्रमले जनताको आशा भरोसाहरु समेटिएको छ । नीति तथा कार्यक्रम आधारभूत जनताका जो हामीले भनेका सबै सिमान्तकृत, गरिब, निमुखा, दुखी सबै जनताको आसा विश्वास र भरोसा बोकेको छ । हामी त्यता तिर प्रवेशै गर्न चाहदैनौं ।

त्यो कुरा प्रवेश गर्दाखेरी, त्यो विषय वस्तुमा हामी जाँदै गर्दाखेरी वागमती प्रदेश सरकारले राम्रो गरिरहेको छ भन्ने कुरा देखिन्छ, हामीले त्यो देखाउनु त भएन । त्यसकारण हामीहरु त्यतातिर प्रवेश गर्न खोजीरहेका छैनौं ।

देश राजीनितिक हिसाबले त्यो परिवर्तन गर्‍यौं । मिलेर साहस गरौं, एउटा समृद्धिको बाटोमा हामी सबै मिलेर हातेमालो गरौं, हाम्रा धेरै सम्भावनाका क्षेत्रहरु छन् हामी भन्दैनौं । युवाहरुलाई हामी भड्कै रहेका छौं । अभिव्यक्ति भड्किलो दिन्छौं । हामी देश डुब्यो, हामी केही पनि गर्न सक्दैनौं । सबै लथालिंग भइसक्यो, हाम्रो अभिव्यक्तिहरु । जो हामी सरकारमा छौं, माननीय ज्यूहरु एक हिसाबले हेर्ने हो भने हामी सबै सरकारमै हो । हामी यो सरकारसँग, हामी यो सत्तासँग सम्बन्ध विच्छेद गरेको हो भने त हामीले विद्रोह गथ्र्यौं । मैले यतातिर ध्यानाकर्षण गराउन खोजें ।

आधारभूत कुराहरु जो संविधानमा उल्लेखछन्, मैलिक हकका रुपमा राखेका छन् ती व्यवस्थाहरु के यो नीति तथा कार्यक्रमले बोलेको छैन ? शिक्षाकोबारेमा, स्वास्थ्यकोबारेमा, रोजगारीकोबारेमा । मैले हेरें, अध्ययन गरें । आलोजना गर्ने ठाउँछैन । आधारभूत स्वास्थ्य आधारभूत जनतालाई पुर्‍याउनेदेखि लिएर अहिले नयाँ कार्यक्रम आएको छ । निर्वाचन क्षेत्रमा कम्तिमा पनि १५ शैयाका अस्पताल शुरु गरेर निर्वाचन क्षेत्रमा एउटा अस्पताल बनाउने कुरा आएको छ, नयाँ भएन ? संघीय सरकारले स्थानीय तहमा १५ शैयाँको अस्पताल बनाउँछु भनेर घोषणा गरेको कार्यक्रम मार्फत बालुवाटारबाट खोइ कार्यान्वायन ? प्रदेश सरकारले शुरुवात गरेको थियो रोकियो त्यो कार्यक्रम । फेरि प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याएको छ, म धन्यवाद दिन चाहन्छु ।

सबै विद्यालयमा यसै बर्ष प्रत्येक सामुदायिक विद्यालयहरुमा नर्सहरु पुग्दैछन् । छैनन् नयाँ कार्यक्रम ? हाम्रो त्यता ध्यान छैन । शिक्षामा प्रदेशको आधिकारीक प्रादेशिक शिक्षा नीति जो हामीले बनाएका छौं, ऐन बनाएका छौं, हामीले गर्न सकिने उच्च शिक्षामा हो । अहिले चाहिं प्रदेश विश्वविद्यालय खोल्ने कुरा हामीले विगतमा पनि बोलेका थियौं अहिले कार्यान्वायन गर्नेगरि कार्यक्रम आएको छ राम्रो छ । प्राविधि तथा व्यवसायिक तालिम परिषद् जो संघको मातहतमा छ, प्रदेश सरकारहरुलाई हस्तान्तरण हुनुपर्ने थियो । ६ वर्ष वित्यो भएन, वागमती सरकारले आँट गरेर यो कार्यक्रम ल्याएको छ । बजेटमा पनि राखेर त्यो प्राविधिक शिक्षा तथा व्यसायिक तालिम परिषद् स्थापना गर्नुपर्छ । हाम्रो त्यता तिर गएको छैन ।

युवाहरुलाई रोजगारी दिने कार्यक्रम, गरिबी निर्वारण कार्यक्रम, महिलाहरुको वागमती प्रदेशमा त बजेट आएपछि वागमती प्रदेशका महिलोहरु सायद दिपावली गर्ने होला । गृहणी महिलासँग प्रदेश सरकार, जो रोजगारीसँग सम्बन्धित छ, आत्मनिर्भर बनाउनेसँग सम्बन्धित छ र बजेट आएपछि धेरै मान्यज्यूहरुले बुझ्नुहोला । वागमती सरकारको के रहेछ भन्ने कुरा यसको चर्चा हुन बाँकी छ । किनभने हामीले यहाँ चर्चा गर्‍यौं भने सरकारको हाइहाइ हुन्छ भन्ने हामीलाई डर भयो । चेपाङ, चिउरी, चमेरो यहाँहरुले बुझ्नु भएको छैन, बजेट मार्फत बुझ्नुहुने छ । मैले यहाँ भित्रका गुदी कुराहरु मात्र भन्न खोजेको ।

कृषिमा धेरै कुरा नभनौं, वडा र पालिका पकेट क्षेत्र, हामीले ५ वर्ष वितायौं नि त किन गरेनौं ? घोषणा गरेर कार्यक्रममा लिएर जाने कुरा छ, एक प्रदेश निर्वाचन क्षेत्र केन्द्रित भएर कम्तिमा पनि प्रांगरिक मल जो हामीले गर्न सक्छौं । उत्पादन गर्न सक्छौं । यसको कार्खाना खोल्न सक्छौं । त्यो हाम्रो बलमा सकिन्छ । हाम्रो अर्थतन्त्रले थेक्छ । हामी त्यो किन नगर्ने ? आज हामी धेरै विरामी पर्छौं, हाम्रो खानेकुरा स्वच्छा छैन, हामी किन अर्गानिक प्रणालीमा नलाने नेपाललाई । हामी किन त्यो दिशा तिर जान खोजिरहेका छैनौं । प्रदेश सरकारले गर्न खोजीरहेको छ । हाम्रो ध्यान त्यता तिर गइरहेको छैन । त्यसकारण धेरै कुराहरु छन् । कृषि, प्राकृतिक या गैर प्राक्रितिकबाट हानी भयो, क्षति भयो भने त्यसलाई राहत दिने नियन्त्रण गर्ने सरकारले गरेको छ । हाम्रो ध्यान त्यतातिर गइरहेको छैन । आत्मनिर्भर बनाउने तिर गइरहेको छ, दूध, मासु, अण्डा, लसुन, प्याज लगायतका तरकारीबाट वागमती प्रदेश आत्मनिर्भर बनाउने प्रदेशको रुपमा विकास गर्न खोजिएको छ ।

कृषिलाई आधुनिकीकरण गर्ने देखि धेरै विषयबस्तुहरु छन् । पर्यटनलाई पर्यटकीय वागमती प्रदेशको रुपमा बनाउने देखि लिएर कार्वान तटस्था प्रदेश कम्तिमा पनि एउटा क्षेत्रमा विकासको रुपमा अगाडि लैजाने कार्यक्र सहितको यहाँ कार्यक्रममा समेटीएका छन् । दिगो विकासका निम्ति पूर्वाधार क्षेत्रको विकास गर्नका निम्ति हाम्रो कुने मापदण्ड भएन । एउटा मापदण्ड सहित भौतिक पूर्वाधारका हिसाबले प्रदेश सरकार अगाडि बढ्न खोजेको छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला