विश्वभरि छरेर बसेका तामाङ समुदायको साझा संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौँ सम्मेलन थाइल्यान्डको बैकक सहरस्थित हुहाइनमा आजबाट शुरु भएको छ । सम्मेलनको उद्घाटन अन्तर्राष्ट्रिय तामाङ परिषद्का संस्थापक अध्यक्ष परशुराम तामाङले गरेका थिए ।

उद्घाटन समारोहमा ताम्बा‚ बोन्बो र लामाबाट साङसेरकेम गरेका थिए । कार्यक्रममा मानवशास्त्री डा. मुक्तसिंह लामा‚ अधिवक्ता डा. कुन्साङ योन्जन‚ जापानका लागि पूर्वराजदूत डा. गणेश योन्जन लगायत अतिथिहरूको उपस्थिति रहेका थिए ।

त्यसैगरि कार्यक्रमलाई मनोरञ्जनमय बनाउनका लागि नेपालबाट तामाङ कलाकार सङ्घका अध्यक्ष एवं सङ्गीतकार गायक विश्व दोङ‚ तामाङ सांस्कृतिक घेदुङका अध्यक्ष छेवाङतेन्जिङ लामा‚ ताम्बा घेदुङका अध्यक्ष पासाङ मोक्तान, लोक गायिका मिना लामा लगायतले प्रस्तुति दिने छ ।

सम्मेलनमा थाइल्यान्ड नेपाल‚ जापान‚ म्यानमारका भारत‚ अमेरिका‚ कोरिया‚ हङकङ‚ बहराइन‚ युएई‚ पोर्चुगल‚ रोमनिया लगायत देशहरूबाट प्रतिनिधिहरू र पर्यवेक्षकहरुको सहभागी हुनेछन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।