काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ७, कुरुवास निवासी १० वर्षिय क्यान्सर पिडित अंकित कुमार मोक्तानले उपचारको लागि सहयोगको अपिल गरेका छन् । आफ्नो घरको आर्थिक अवस्था निक्कै कम्जोर भएकोले उपचारको लागि सहयोग गर्न अंकितले अनुरोध गरेका हुन् ।
चिकित्सकको अनुसार उनको बोन म्यारो नै ट्रन्सप्लन्ट गर्नुपर्ने र त्यसका लागि लाखौं रकम आवश्यक परेकोले सहयोगको याचना गरेका छन् । ‘तपाईंको एक गाँस काटेर भए पनि सहयोग गर्नु हुन हार्दिक अनुरोध गर्दछु ।’ उनले अनुरोध गरेका छन् ।
सामान्य किसान परिवारमा जन्मेका अंकितको आर्थिक अवस्था निक्कै नाजुक रहेको छ । उनका बुबा अनिलकुमार तामाङले आफ्नो बच्चाको जीवन बचाई दिन अनुरोध गरेका छन् । ‘तपाईंको सानो सहयोगले यी सानो अबोध बालकको जिन्दगी बचाउन सकिन्छ । मसँग भएको पैसा सकिसकेको छ । उपचार गर्न अब मैले नसक्ने भयो ।’ अंकितका बुबा अनिलकुमारले भने, ‘यी बाबुको अनुहारमा तपाईंको आफ्नै सन्तान वा भाई भतिजो सम्झेर सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा छ । मन्दिरमा चढाएको दान दक्षिणा भगवानले देख्छ वा देख्दैन त्यो थाहा छैन तर तपाईंले गरेको सहयोगले यी १० वर्षको बालकले यो दुनियाँ देख्न पाउनेछ । त्यसैले सबैमा सहयोगका लागि हार्दिक अपिल गर्दछु ।’
सहयोगका लागि अंकितको बुबाको सम्पर्क नम्बर नं. ९८४११५१७३४ र ९८१८२४५४४८ मा सम्पर्क गर्न सक्नुहुने छ ।
साथै सिटिजन्स बैंकमा रहेको बिरामीको एकाउन्ट नम्बर ०५२०१००००२१६१०४१ मा रकम जम्मा गरिदिनुहुन समेत अनुरोध गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















