काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका सरकारले फोहोरमैला व्यवस्थापन प्रणाली स्थापना गरेको छ । चौरीदेउराली गाउँपालिका र जीविको पार्जन पुनस्थापनका लागि दिगो पर्यटन परियोजनाको संयुक्त लगानीमा फोहोरमैला व्यबस्थापन प्रणाली केन्द्रको स्थापना भएको हो ।
गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंका अनुसार चौरीदेउराली गाउँपालिका वडा नं ५ र ९ मा प्रणाली केन्द्रको स्थापना भएको छ । फोहोर मैला व्यवस्थापनमा स्थानिय तहको भुमिका महत्वपूर्ण रहेको हँुदा फोहोरमैलालाई व्यवस्थित गर्दै मानव र मानव स्वास्थ्यमा पर्ने प्रतिकुल प्रभाव न्युनिकरण गर्ने उद्देश्यका साथ सो केन्द्रको स्थापना भएको अध्यक्ष चौंलागाईंले बताए ।
‘गाउँपालिकाले फोहोरमैला व्यवस्थापन कार्यविधि–२०८० जारी गरि कार्यान्वायनमा समेत ल्याएका छौं ।’ उनले भने, ‘फोहोरमैला व्यवस्थापनमा स्थानिय तहको भुमिका अभिभावकिय हुँदा सबैको सहयोग, समर्थन, समन्वय र सहकार्य आवश्यक छ । म गाउँपालिकाबासीलाई सहयोगको लागि अनुरोध गर्दछु ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















