तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले महिलाहरुलाई आत्म निर्भर बन्न अनुरोध गरेका छन् । वडा नं. ४ माहुरेमा सोमबार आयोजना भएको सिलाइकटाइ तालिमको समापन कार्यक्रमालाई सम्बोधन गर्दै अध्यक्ष तामाङले यस्तो अनुरोध गरेका हुन् ।

सहभागी दिदीबहिनीहरुको उत्साह देख्दा आफूलाई खुशीलागेको बताउँदै अध्यक्ष तामाङले आन्तम निर्भर बन्न अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘म पनि एउटा गरिब किसान परिवारमा जन्मेर आज यो ठाउँमा आइपुगेको छु । त्यसैले गरिब दिदीबहिनीहरुको म कुनै बेवास्त गरिने छैन ।’ तामाङले भने, ‘जुन आत्मनिर्भर बन्नका लागि तपाईं अगाडि बढ्नु भएको छ, सधैंभरि म तपाईंहरुको साथमा रहनेछु ।’

हातमा शिप भए सबै समस्याहरुको समाधान गर्न सहज हुने उनले बताउ । ‘यो शिपमुलक कार्यक्रममा जसरी तपाईंहरु लाग्नु भयो, यो समाजको लागि आउँदो पुस्ताको लागि प्रेरणाको स्रोत पनि बन्न सक्ने छन् ।’ अध्यक्ष तामाङले भने, ‘तपाईंको जीवनमा सहज बनाउनका लागि यो तालिमले सहयोग गर्ने छ । हामी आफै सक्षम भइदियो भने, हाम्रो हातमा शिप भइदियो भने हामीले त्यति धेरै समस्याहरु ब्योहोर्नु पर्दैन ।’

कार्यक्रममा गाउँपालिकाको प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङको समेत सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।