तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले मलको कारोबार गर्ने गाउँपालिका भित्रका सहकारीहरुलाई वार्षिक आवश्यक मल परिमाण विवरण पेश गर्न अपिल गरेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालले एक सूचना जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

‘कृषि सामाग्री कम्पनी लिमिटेड, धुलिखेलको च.नं. १०९ मिति २०८०।०२।२२ को प्राप्त पत्रानुसार यस तेमाल गा.पा. भित्र मलको कारोबार गर्ने सहकारी मार्फत बार्षिक आवश्यक युरिया, डि.ए.पी. र पोटासको परिमाण पठाउन लेखी आएकोले आ–आफ्नो सेवा क्षेत्रभित्र युरिया, डि.ए.पी. र पोटास मलको बार्षिक आवश्यक परिमाण लेखी ३ दिन (२०८०।०२।२५ गते) भित्रमा यस गाउँपालिकाको कृषि विकास शाखामा वा शाखाको मेल तझबनिउपचष्कजष्२नmबष्।िअयm मा पठाईदिनुहुन सबै सहकारीहरुलाई अनुरोध छ ।’ सूचनामा भनिएको छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला