बेथानचोक– काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथानचोक नारायणस्थान सामुदायिक वन उपभोक्ता समूहको भवनको उदटन गरेका छन् । अध्यक्ष अधिकारीले वडा नम्बर ३ खोरथापे ठूलीचौरमा निर्मित सो उपभोक्ता समूहको भवनको उद्घाटन आज गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले बेथानचोकको वैभव नै जल, जमिन र वनजङ्गल भएकाले यसको उचित संरक्षण र सवद्र्धन गर्दै लैजाने प्रतिबद्धता जाहेर गरे ।

‘वातावरण संरक्षण र भौतिक विकास बिचको अन्तरद्वन्दले हरेक मानवलाई छोएकोले वातावरणको सन्तुलन कायम राख्दै बेथानचोकका सामुदायिक वनको संरक्षणमा विभिन्न उपभोक्ता समितिहरुले खेलेको भूमिका अतुलनीय रहेको छ ।’ अधिकारीले भने, ‘सबै क्षेत्रबाट बेथानचोक अथाह सम्भावना बोकी बसेको र सहरमा पुगेको पुस्ता जो पर्यावरणदेखि टाढा छ उसलाई यसको महत्व दर्शाउँदै सामुदायिक वनभित्र पर्यापर्यटन, समुदायमा आधारित उद्यम, विपन्नहरूको पहिचान गरी उनीहरूलाई वन र कृषिमा आधारित रोजगारी सृजना गर्न आवश्यक छ ।’

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष कुवेर ढकालले वडा नं. ३ मा रहेको वन क्षेत्र नै सो वडाको मुल सम्पत्ति भएको र प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र बेथाञ्चोक नारायण मन्दिर क्षेत्रसहितको वनसम्पदाको उचित संरक्षणका लागि वडा सरकार प्रतिवद्धता जनाए । उनले ठूलीचौरमा निर्मित बेथानचोक नारायणस्थान सामुदायिक वन उपभोक्ता समूहको वन संरक्षण र समाज रुपान्तरणमा उल्लेखनीय भूमिकाको प्रशंसा गर्दै अब वडामा रहेको बेथाञ्चोक नारायण मन्दिरको प्रचारप्रसार, पदमार्गको सरसफाईका साथै पर्यटन सूचना केन्द्रको स्थापना र सो क्षेत्र जानको लागि टिकट सिस्टम लागू गर्ने लगायतको तयारी भइरहेको बताए ।

बेथानचोक नारयणस्थान सामुदायिक वन उपभोक्त समूह धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको र २०५६ सालमा समुदायमा हस्तान्तरण भएको यो वनको क्षेत्रफल २ सय ६९ हेक्टरमा फैलिएको कार्यक्रममा जानकारी दिइयो । यो सामुदायिक वनले आफ्नो कार्ययोजनमा पर्यापर्यटनका क्रियाकलापमार्फत दर्जनांैलाई रोजगारी दिँदै आइरहेको बताइएको छ ।

बेथानचोक नारयणस्थान सामुदायिक वन उपभोक्त समूहका अध्यक्ष बद्रिप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय काभ्रेका देविचन्द्र पोखरेल, सव डिभिजन वन कार्यालय खोपासीकी रनिता बराल, वडा सदस्यहरु बासु तिमिल्सना, बलराम बजगाई, पूर्व वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ, काउले, जनजागृति, नारायणस्थान, मुलडाँडा, चोरण्डे, पाटने भन्ज्याङ, भरङ्गे, कालापानी, खहरे, भुसुनेपाखा, गोरखनाथ लगायतका सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । कूल ४९ लाख ४५ हजारको लागतमा निर्माण गरिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।